राम बहादुर धामी : – तनहु , ९ माघ / माघ १२ गते हुन गईरहेको चौथो तनहु“ महोत्सवको प्रमुख अतिथीका रुपमा गर्भनर डा. युवराज खतिवडा आउने निश्चित भएको छ । प्राप्तजानकारी अनुसार महोत्सव मूल आयोजनक समितिले नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेललाई प्रमुख अतिथीको निम्तो दिएका भएपनि पौडेलले आफू आउन नसक्ने भन्दै खतिवडा प्रमुख अथिती बनाउन सिफारिस गरेको बुझिएको छ । यता कांग्रेस उपसभापति पौडेलले खतिवडा बनाउन सिफारिस गरेको विÈयलाई लिएर महोत्सव आयोजकहरु बीच हल्ली खल्ली मच्चिएको छ । श्रोतका अनुसार महोत्सव आयोजक समितिको मूल समितिलाई समेत जानकारी नदिइकन गर्भनर खतिवडालाई प्रमुख अतिथी बनाइएको हो । यता पौडेलको सिफारिसमा खतिवडालाई प्रमुख अतिथी बनाएपछि समिति भित्रै असन्तुष्टिका स्वरहरु बजारमा सुनिन थालेका छन् । यसैबीच चौथो तनहुँ महोत्सव आउन ४ दिन बाँकी रहँदै गर्दा सबै स्टल बुक भैसकेका छन् । स्टलको माग बढेपछि आयोजकले निर्धारित संख्यामा केही वृद्धि समेत गरेको छ ।व्यवसायिक,कृषी,औद्योगिक वस्तु लगायतका गरी १ सय ७७ स्टल निर्माण गरिएकामा व्यवसायिहरुबाट अत्यधिक माग आएकाले १० स्टल थप गरेर संख्या १ सय ८७ पुर्याइएको महोत्सव आयोजक तनहुँ उद्योग वाणिज्य संघका कार्यकारी सचिव विश्वेश्वर तिमिल्सिनाले जानकारी दिए ।महोत्सवमा कृषी,औद्योगिक वस्तु,फेन्सी,जनजाति खाना,अटो मोबाईल लगायतका व्यवसायीले स्टल बुक गराएको संघले जानकारी दिएको छ ।महोत्सवमा घरेलु उत्पादनका मात्र ४० स्टल छन् ।यस्तै चौथो तनहुँ महोत्सव एवं दोश्रो पश्चिमान्चल औद्योगिक वस्तु तथा प्रविधि प्रर्दशनीमा खुल्ला लोकदोहोरी गीत प्रतियोगिता सन्चालन गरिने भएको छ ।प्रतियोगितामा दोहोरी गीत गाउन ईच्छुक सबैले सहभागिता जनाउन सक्ने प्रतियोगिताका संयोजक मेघनाथ रिमालले जानकारी दिनुभयो ।दोहोरीमा सहभागि हुनका लागि १।१ जना मुख्य महिला।पुरुष कलाकार तथा १।१ जना सहयोगी कलाकारको समुह बनाउनुपर्ने उहाँले जानकारी दिनुभयो ।प्रतियोगितामा सहभागि हुन चाहनेले माघ ११ गतेसम्म तनहुँ उद्योग वाणिज्य संघ र लोक दोहोरी गीत प्रतिष्ठानको कार्यालयमा सम्पर्क गर्न सक्ने बताइएको छ ।प्रति टिम दर्ता शुल्क ५ सय रुपैयाँ तोकिएको छ ।प्रतियोगितामा विजयी हुनेमध्ये प्रथमले रु १५,०००,दोश्रो हुनेले रु १०,०००,तेश्रो हुनेले रु ६,००० तथा सान्त्वना हुनले रु ४,००० पुरस्कार प्राप्त गर्ने संयोजक रिमालले बताउनुभयो ।यसैबिच,आयोजकले र्याफिटङ र हेलीकप्टरको बुकिङ पनि शुरु गरेको छ ।हेलीकप्टर दृश्यावलोकन प्याकेज अन्र्तगत १० मिनेटको रु ४६०० र १५ मिनेटको रु ६१०० तोकिएको महोत्सवका सदस्य सचिव पविन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।१० मिनेटको प्याकेजको मुल्य यसअघि ४ हजार ६ सय ५० तोकिएकामा ५० रुपैयाँ घटाइएको छ ।र्याफिटङ दमौलीबाट खहरे सम्म प्रतिव्यक्ति रु १५०० तोकिएको र दमौलीदेखि घुमाउने घाटसम्म १ रात दुई दिनको प्याकेज तय भएको र मुल्य भने पर्यटकको मागका आधारमा तय गरिने र्याफिटङ संयोजक ईमनाथ खनालले जानकारी दिनुभयो ।र्याफिटङ र हेलीकप्टर दुवैको बुकिङ कार्य महोत्सवको सचिवालयमा शुरु भएको महोत्स्वका प्रचार संयोजक शंकरलाल राजभण्डारीले जानकारी दिनुभयो ।