दमौली ८ माघ । तनहुँको घाँसीकुवा गाविस स्थित देउरालीका स्थानीय वासिन्दाहरुले आइतबार नेपाल विद्युत्त प्राधिकरण तनहुँ शाखाको कार्यालय घेराऊ गरेका छन् ।गत शुक्रबार देउरालीमा राखिएको ट्रान्सफर्मर चोरी भएपछि नयाँ ट्रान्र्सफर्मरको माग गर्दे स्थानीय वासिन्दाले विद्युत प्राधिकरणको कार्यालय घेराऊ गरेका हुन् । यसैबीच प्राधिकरणले एक हप्ता भित्र नयाँ ट्रान्सफर्मर जडान गर्ने जनाएका छन् । ट्रान्र्सफर्मर चोरी हुँदा प्राधिकरणलाई झण्डै ४ लाख घाटा भएको छ ।