पोखरा, ७ माघ । नेकपा एमाले सचिव शंकर पोखरेलले सत्तारुढ दल सडकमा आउदैमा सत्ता नलम्बिने दाबि गर्नुभएको छ । उहाले सत्तामा बसेर सडक आन्दोलनमा आउने उद्घोष गरेको सत्तारुढ दललाई सडकमै आउने भए सरकार छोडेर चुनौती दिनुभयो । ‘सडक भनेको प्रतिपक्षीको हो, सत्तामा बसेर सत्तारुढ दल सडकमा आएको ईतिहास छैन ’ उहाले भन्नुभयो ‘ बिपक्षीजस्तै सडकमा ओर्लिएर सत्ता लम्बिदैन ।’ माघ १२ गते हुने बिरोध सभालाई सफल बनाउन आज पोखरामा आयोजित विपक्षी दलहरुको जिल्ला स्तरका नेताहरुसँगको सर्वदलीय बैठकमा बोल्दै उहाँले सर्वसत्तावादी बाबुराम भट्टराई नेतृत्वको सरकारलाई बिस्थापित गर्नुको विकल्प नरहेको बताउनुभयो ।