काठमाडौं, माघ ७ - हप्ताको पहिलो दिन आइतवार सुन चाँदीको भाउमा केहि गिरावट आएको छ । गत शुक्रबार तोलामा ५८ हजार ८ सय रुपैंया रहेको सुन आइतवार २ सय रुपैँयाले घटेर ५८ हजार ६ सय रुपैँयामा कारोबार भईरहेको छ ।अन्तराष्ट्रिय बजारमा सुनको भाउमा गिरावट आएकाले स्थानीय बजारमा पनि भाउ घटेको नेपाल सुन चाँदी व्यासायी संघले जनाएको छ ।यस्तै चादी पनि तोलामा ५ रुपैँयाले घटेर ११ सय ३० रुपैँयामा किनबेच भईरहेको छ । विवाहको मौसम सुरु भएसंगै बजारमा सुन चाँदीको कारोबारमा सुधार आएको छ ।सुन र चाँदीका गरगहनाको अर्डर आउने क्रम बढेपनि माग अनुसारको सुनको वितरण नहुँदा भने समस्या परेको संघका अध्यक्ष तेजरत्न शाक्यले बताउनुभयो ।