तनहुँ, ७ माघ /
तनहुँमा यस वर्ष करिब २१ करोड बराबरको मास उत्पादन भई बिक्रि भएको छ । १३ हजार ५५ हेक्टर क्षेत्रफलमा मास खेती गरिएकोमा १ हजार ८ सय ३३ मेट्रिक टन उत्पादन भएको जिल्ला कृषि विकास कार्यालय तनहुँका प्राविधिक सहायक टिकाराम खनालले बताउनुभयो । बजार पाउन थालेपछि मास खेती गर्ने किसानको संख्या पनि बढेको छ । गत वर्ष मुस्किलले पाथीको ३ सय ५० मा विक्री भएको मासको मुल्य यस वर्ष ४ सय पुगेपछि किसानहरु उत्साहीत भएका छन् ।