Responsive Ad Slot

latest

मलेसियामा भब्यरुपले मनाइयो माघे सक्रान्ति (फोटो फिचरसहित)

Wednesday, January 16

/ by Admin BHOLA THAPA
143
रामचन्द्र नेपाल
क्वालालम्पुर । मलेसियामा रहेका नेपालीहरुले माघे संक्रान्ति पर्व भव्यताका साथ मनाएका छन् । प्रवासी मगर संघ मलेसियाको आयोजनामा क्वालालम्पुरस्थित मगर संघको कार्यालयमा भएको कार्यक्रममा माघीमा खाइने तरुल, सेलरोटी, अचार लगायत मिठा मिठा नेपाली परिकारहरु खुवाइएको थियो । कार्यक्रम साहित्यकार मनिराई गोठालेको प्रमुख आथित्यता एवम् संघका अध्यक्ष सुन्दर आले मगरको सभापतित्वमा सम्पन्न भएको थियो ।
कार्यक्रममा गैर आवासिय नेपाली संघ मलेसियाका महासचिव विश्व राई,आदिवासि जनजाति महासंघ मलेसियाका अध्यक्ष विष्णु किराती, प्रवासि मगर संघ मलेसियाका वरिष्ठ उपाध्यक्ष राजेन्द्र राना मगर, महासचिव राम अस्लामि मगर, प्रवासि सल्यान सेवा समाजका अध्यक्ष टेकम चन्द,साहित्यकार जीवन देवान गाउँले,दिल दुखि जन्तरे लगायतकाले माघे सक्रान्ति पर्वको महत्ववारेमा आआफ्नो भनाई राख्नु भएको थियो ।
कार्यक्रममा उलेख्यमात्रमा नेपालीहरुको सहभागिता रहेको थियो । पुर्ण राना मगरको स्वागतमा सुरु भएको कार्यक्रमको संचालन कलिराम घर्ती मगरले गर्नुभएको थियो ।
Don't Miss
© all rights reserved
made with by netKUTI