काठमाण्डौं, ९ माघ / नेकपा–माओवादी केन्द्रीय समितिको बैठक आज पनि बस्दैछ । अस्तिदेखि सुर भएको बैठकमा आगामी रणनीति र जनसंघर्षका कार्यक्रमका विषयमा छलफल भइरहेको छ । माओवादीले सरकार विरुद्ध राष्ट्रियतालाई जोडेर जनसंघर्षका कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेको छ । आजको बैठकमा बाँकी रहेका केन्द्रीय सदस्यहरुले बोलिसकेपछि भोलि नै संघर्षका कार्यक्रम सार्वजनिक गर्ने तयारी भएको प्रवक्ता पम्फा भूषालले जानकारी दिनुभयो । बैठकमा महाधिवेसनले लिएको कार्यनीति र यसअघि नै अघि सारेका ७० बुँदे मागबारे छलफल भइरहेको छ ।