अनुज पण्डित , तनहुसुर, १० माघ ÷ तनहुँको तनहुसुर–१, चुदीमा ओम शान्ती प्रवचन सुन्ने भक्तजनहरुको भिड लागेको छ । ७ दिन सम्म चल्ने ओम शान्ती प्रवचन सुन्ने भक्तजनहरुको भिड लागेको हो । ब्रह्म कुमार भिमसेन भाईबाट जारी ओम सान्ती प्रवचनमा तनहुसुर र बसन्तपुरका भक्तजनहरुले प्रवचन लिईरहेका छन् । दुई सिफ्टमा संचालीत सो प्रर्वचन कार्यक्रममा हरेक बिहान ९ जना र बुलुका १५ जना भक्तजनहरुले ओम शान्ती प्रवचन सुन्ने गरेको अनुज पण्डितले जनाएका छन् । यसैबीच तनहु“को बसन्तपुर–१, थानीमाई मन्दिरमा यही माघ १६ गते भव्य पूजा अर्चना गरिने भएको छ । माघ १५ गते सोमबार बेलुका सत्यनारायणको पूजा आजा गरी मंगलबार १६ गते बलिसहिदको भव्य पूजा अर्चना हुने मन्दिर व्यवस्थापन समितीका अध्यक्ष जिवन थापा मगरले जानकारी दिनुभयो ।