पाल्पा, माघ ८ – पाल्पाको रामपुरबजारमा उत्पन्न तनाव साम्य पार्न स्थानीय राजनीतिक दल र प्रशासनले पहल थालेका छन् ।तनाब बढेपछि आइतबारदेखि लगाइएको अनिश्चितकालिन कर्फ्यू अहिले पनि कायम छ ।पाल्पा रामपुरकी सोनु खनाल श्रेष्ठको उनका श्रीमानले हत्या गरेको भन्दै आफन्तले गरेको प्रदर्शन उग्र बन्दै गएपछि रामपुरबजारमा अनिश्चितकालका लागि कर्फ्यू लगाइएको हो ।