Responsive Ad Slot

latest

पार्टीलाई साम्प्रदायिक विभाजनबाट जोगाउने राहुलको प्रतिबद्धता

Monday, January 21

/ by Unknown


एजेन्सी, ८ माघ/ भारतीय कंग्रेस आईका नवनियुक्त उपाध्यक्ष राहुल गान्धीले भारतीय दलहरू धर्म र जातका आधारमा विभाजित भएको भन्दै पार्टीलाई साम्प्रदायिक विभाजनबाट जोगाउने प्रतिबद्धता जनाएका छन् ।

उपाध्यक्ष भएपछिको पहिलो सम्बोधनमा गान्धीले दल कुनै जात र कुनै धर्मको हुन नहुने भन्दै कंग्रेसलाई देशको एकताको प्रतिकका रूपमा स्थपित गर्ने बताएका हुन् । नेताले समग्र देशका हितमा नसोच्ने हो भने देशमा नेताको संख्या बढाउनुको कुनै अर्थ नहुने उनको भनाइ छ ।

उनले आफू सबै विषयमा परिपक्व नभए पनि पार्टीका वरिष्ठ नेताहरूबाट निरन्तर सिक्ने र भावी दिन सम्पूर्ण देश र जनताका हितमा लगाउने प्रतिबद्धतासमेत जनाएका छन् । शपथग्रहणको अघिल्लो रात आमा सोनिया गान्धीले राजनीति विष हो विषबाट जोगिएर जनतालाई सुरक्षित जीवन दिनु तेरो कर्तव्य हो भनी रुँदै दिएको आशिषले आफूलाई सधैँ बाटो देखाउने गान्धीको भनाइ थियो ।

आफ्नो कार्यकालभर पिता राजीव गान्धीको राजनीतिक संघर्षलाई आदर्श बनाउने प्रतिबद्धतासमेत उनले व्यक्त गरेको बिबिसीको हिन्दी संस्करणमा जनाइएको छ ।
Don't Miss
© all rights reserved
made with by netKUTI