काठमाडौँ, ७ माघ/ एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपाध्यक्ष तथा प्रधानमन्त्री डा. बाबुराम भट्टराईबीच आज बिहान समसामयिक राजनीतिक घटनाक्रबारे छलफल भएको छ ।
राजनीतिक संकट समाधानका लागि विपक्षी दलहरूसँगको वार्ता प्रक्रियालाई अघि बढाउने विषयमा अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री भट्टराईबीच छलफल भएको प्रचण्डको निजी सचिवालयले जनाएको छ ।
प्रचण्ड निवास लाजिम्पाटमा भएको छलफलमा विपक्षी दलहरूले सुरु गरेको आन्दोलन र सहमतिका लागि एकीकृत माओवादीले खेल्नु पर्ने भूमिकाका विषयमा कुराकानी भएको बताइएको छ ।
आजैदेखि अध्यष प्रचण्डले आन्तरिक र बाह्य रूपमा निकासका लागि छलफल सुरु गर्नु भएको उहाँका सहयोगी शिव खकुरेलले जानकारी दिनुभयो ।