गोरखा, ७ माघ / जलदेवी बचत तथा ऋण सहकारी संस्था लिमीटेड देउराली–५ गोरखाको दोस्रो साधारण सभा शनिबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष टेकबहादुर गुरुङ्गको अध्यक्षता तथा हिरा बहादुर थापाको प्रमुख आथित्यतामा संस्थाको दोस्रो साधारण सभा सम्पन्न भएको हो । संस्थाले आर्थिक वर्षमा १ लाख ३५ हजार १ सय १४ रुपैंया नाफा गरेको छ । सिताराम भट्टले संचालन गर्नुभएको कार्यक्रममा राजेन्द्र लोहनी, एकिकृत नेकपा माओवादीका रामहरि खनाल, शिव प्रसाद उप्रेती, संस्थाका सचिव नोख बहादुर आले लगायतकाले मन्तव्य राख्नुभएको ऋण संयोजक जित बहादुर भट्टले जानकारी दिनुभयो ।