तनहुँसुर, १० माघ । ऐतिहासिक स्थल तनहुँसुरको विकासका लागि त्यहाँका पुराना वासिन्दाहरु सक्रिय हुन थालेका छन् ।ऐतिहासिक स्थल तनहुँसुरको विकासका विषयमा पुराना वासिन्दाहरुले वेवास्ता गरेको भन्ने चौतर्फी चर्को आलोचना भएपछि उनीहरु तनहुँसुरको विकासका लागि सक्रिय हुन थालेका हुन् ।यसैक्रममा तनहुँसुरको विकासका लागि पुराना वासिन्दाहरुले वृषराज श्रेष्ठको अध्यक्षतामा दमौली सम्र्पक मञ्च समेत गठन गरेका छन् ।सो सम्र्पक मञ्चले तनहुँसुरको आर्थिक र पर्यटन विकासमा विशेष योगदान पुरयाउने जनाएको छ।मञ्चका अध्यक्ष श्रेष्ठका अनुसार तनहुँसुरको आर्थिक र पर्यटन विकासका लागि तनहुँसुर एकीकृत कृषि विकास फर्म सहकारी संस्था स्थापना गरिने भएको छ ।सो संस्था मार्फत तनहुँसुर भत्किएका घरहरुको मर्मत गरी होम स्टे र रिसोर्ट संचालन गरिने अवधारणा अगाडि सारिएको छ । त्यस्तै सोही संस्था मार्फत बाँझो जमिनमा कृषि खेतीका अलावा मौरी पालन, बाख्रा पालन, गाई पालन, माछा पालन र सुन्तला खेती समेत गर्ने योजना बनाइएको छ ।जस मार्फत २ सय भन्दा बढीले रोजगारीको अवसर समेत पाउने अनुमान गरिएको छ ।यसैबीच मञ्चका अध्यक्ष श्रेष्ठको अध्यक्षतामा हालै बसेको बैठकले चैते दशै मेला सफल पार्न तनहुँसुर धर्मगुठीका सम्पूर्ण नेवाखलहरुलाई आव्हान गरेको छ ।