Responsive Ad Slot

latest

जुनसुकै विकल्पमा पनि सहमति गर्न तयार रहेको प्रचण्डको भनाइ

Tuesday, January 22

/ by Unknown

गोरखा, ९  माघ / एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाबुराम भट्टराई  नेतृत्वको सरकारमा सहमति गर्नु नै सबैभन्दा उत्तम हुने वताउनुभएको छ । आज गोरखा सदरमूकाम हरमटारिमा एकीकृत नेकपा माओवादी गोरखा जिल्ला सम्मेलनको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले आगामी जेठ १५ भित्र संविधानसभाको नयाँ निर्वाचन गर्न जुनसुकै विकल्पमा गएर भए पनि सहमति गर्न माओवादी तयार रहेको वताउनुभयो ।निर्धारित मितिमा चुनाब सम्पन्न गराउन अझ लचिलो बिकल्प दिएर भए पनि सहमति गर्न आफूहरु तयार रहेको प्रचण्डले बताउनुभयो । पार्टी उपाध्यक्ष तथा प्रधानमन्त्री डा बाबुराम भट्टराईले राष्ट्रपति रामवरण यादवले चुनावी अध्यादेश जारी नगरिदिएकै कारण संविधानसभाको नयाँ निर्वाचन हुन नसकेको बताउनुभयो । अन्य दलले सरकार र माओवादीले चुनाब गर्न असफल भएको आरोप लगाए पनि चुनाव अध्यादेश जारी नभएकाले प्रक्रिया अघि बढाउन नसकिएको भट्टराईको भनाई छ । संघियता, धर्मनिरपेक्षता,गणतन्त्र,लगायतका प्राप्त उपलब्धिहरुलाई रक्षा गर्न संविधानसभाको नयाँ चुनाबमा जानुको विकल्प नभएको प्रधानमन्त्री भट्टराईले वताउनुभयो । एमाले, काङ्ग्रेस लगायतका दलहरु चुनाबबाट डराएकाले सहमतिको समय लम्बिएको उहाँको भनाईछ । यहि सरकारमा सहमति गर्न वा अर्को विकल्प खोजेरै भए पनि छिटो सहमति गर्न सरकार र आफ्नो पार्टी प्र्रतिवद्ध रहेको उहाँले बताउनुभयो । सम्मेलनलाई सम्बोधनगर्दै पार्टी उपाध्यक्ष तथा उप–प्रधानमन्त्री नारायणकाजी श्रेष्ठले संघियता सहितको संविधान र संविधानसभावाटै संविधानको लागि एकीकृत नेकपा माओवादी लागि परेको बताउनुभयो । देशलाई अनिर्णयको बन्दि बनाएर नराख्न उहाँले विपक्षी दलहरुलाई आग्रह गर्नुभयो । विपीक्षहरुको अहमका कारणलेनै सहमति बन्न नसकेको श्रेष्ठले आरोप लगाउनुभयो ।

Don't Miss
© all rights reserved
made with by netKUTI