Responsive Ad Slot

latest

रक्सी खाएर हल्ला गर्नेहरु महिला समूहको फन्दामा

Monday, January 21

/ by Unknown

लमजुङ, माघ ८ – रक्सी खाएर होहल्ला मच्चाएको भन्दै लमजुङको चिती ७ रामचोकका महिलाहरुले २ जनालाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् ।
होहल्ला मच्चाउनुका साथै अश्लिल शब्द बोलेको भन्दै स्थानीयको सहयोगमा जनजागरण महिला समुहले स्थानीय कृष्णबहादुर मिजार र उमानिधि सेढाइँलाई प्रहरीलाई बुझाएको हो ।
२०६८ साल मंसिर २४ गते गाउँलाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएकोमा नियमको उल्लंघन गरेको भन्दै कानुनी कारबाहीका लागि महिलाहरुले २ जनालाई प्रहरीलाई बुझाएका हुन् । पटकपटक सम्झाउँदा पनि नमानेपछि प्रहरीको जिम्मा लगाएको जनजागरण महिला समुहकी अध्यक्ष सरितादेवी सेढाइँले जानकारी दिनुभयो ।
Don't Miss
© all rights reserved
made with by netKUTI