तनहुँ, ६ माघ । तनहुँको श्याम्घा गाविस–८ स्थित लोध भन्ने ठाउँमा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर आज एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँले दिएको जानकारीअनुसार मृत्यु हुनेमा सोही ठाउँ निवासी ५५ वर्षीया लक्ष्मी पाटा रहेकी छन् । घटनाको विषयमा विस्तृत जानकारी लिन प्रहरीको एक टोली घटनास्थलतर्फ गएको समेत प्रहरीले जनाएको छ ।