दमौली ,८ माघ ।
नेपाल पत्रकार महासंघ तनहु“ शाखा भवन निर्माणको लागि क्यामिन गाविसको कार्यालयवाट आइतबार १० हजार रुपैंया“ सहयोग प्राप्त भएको छ । महासंघ तनहु“ शाखा अध्यक्ष प्रेमप्रसाद पौडेल र सदस्य पूर्ण विके मार्फत गाविसका अध्यक्ष तथा सचिव लेखनाथ वस्ताकोटीले उक्त रकम प्रदान गरेका हुन् । गाविस सचिव एवं अध्यक्ष बस्ताकोटीले पत्रकार महासंघ भवन निर्माणको लागि सर्वदलीय भेलाबाट निर्णय गरी उक्त रकम प्रदान गरिएको जानकारी दिए । उनले भवन निर्माणको लागि गाविसको तर्फबाट सहयोग गर्न पाउ“दा खुसी लागेको बताए । ४६ गाविस मध्ये महासंघ भवन निर्माणको लागि थोरै गाविसले मात्रै १० हजार रुपैंया“ सहयोग गरेको महासंघ जिल्ला अध्यक्ष प्रेमप्रसाद पौडेलले बताए । उनले क्यामिन गाविसको तर्फवाट समेत उक्त रकम प्राप्त भएकोमा उक्त गाविसका सर्वदलीय संयन्त्रका पदाधिकारी र गाविस अध्यक्ष तथा सचिव वस्ताकोटी प्रति धन्यवाद व्यक्त गरेका छन् । उनले हालसम्म करिव १७ लाख ५० हजार रुपैंया“ सहयोग संकलन भई सकेको जानकारी दिए । उनले सहयोग प्रदान गर्नको लागि अन्य सवैलाई आव्हान समेत गरेका छन् । व्यास २ दमौलीमा करिव २ रोपनी क्षेत्रफलमा करिव ३२ लाख रुपैंया“ लगानीमा महासंघ भवन वन्दै छ ।