Responsive Ad Slot

latest

बजारमै पसेर वाघले बाख्रो खायो

Wednesday, January 16

/ by Admin BHOLA THAPA
दमौली ३ माघ । व्यास ११ स्थित मर्दसा प्राथमिक विद्यालय नजिक मंगलबार साँझ बाघले बाख्रो खाएको छ । स्थानीय वासिन्दाले जानकारी दिए अनुसार साँझ ६.३० बजेको समयमा सोही ठाउँ निवासी मानवहादुर दरैले पालेको बाख्रो बाघले खाएको थियो ।

 दमौली बजार नजिकै रहेको स्थानमा साँझ पर्न नपाउँदै बाघले बाख्रो खाएपछि स्थानीय वासिन्दाहरु निकै त्रसित भएका छन् । बाख्रो खाने वाघले कुनैपनि बेला आक्रमण गर्ने सम्भावना बढेको हुँदा दमौली बजार बासी निकै थप त्रसित भएका छन् ।-सेतीमादी
Don't Miss
© all rights reserved
made with by netKUTI