Responsive Ad Slot

latest

राष्ट्रपतिले दिएको समयसीमा खेर जाँदै

Monday, January 14

/ by Admin BHOLA THAPA


काठमाडौं, १ माघ/ राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि राष्ट्रपति डा. रामवरण यादवले दिएको नवौँपटकको समयसीमा पनि आज सकिँदै छ ।

अन्तिमपटक भन्दै दलहरूले सहमतिका लागि मागेको नवौँपटकको पाँच दिनको समयसीमा पनि छलफलविनै सकिने भएको हो । यसबीच पुस मसान्तसम्ममै छलफल गरी सहमति निकाल्ने प्रतिबद्धता गरेका दलहरू नवौँपटक पनि चुकेका छन् ।

राष्ट्रपतिले दिएको समयसीमा आज साँझसम्म भए पनि प्रमुख दलहरूबीच छलफल गर्ने कुनै कार्यक्रम नभएकाले यो समयसीमा पनि यत्तिकै खेर जाने निश्चित भएको हो । दलहरूले आज सहमति हुन नसके नयाँ विकल्पमा जाने बताएका थिए । आजसम्मको समयमा दलहरूले सहमति गर्न नसकेपछि राष्ट्रपतिले भोलि दलहरूसँग फेरि छलफलको तयारी गर्नुभएको छ ।

नेपाली कांग्रेस र नेकपा एमालेले भने आज छलफल गर्ने तयारी गरिरहेका छन् । कांग्रेस एमालेका शीर्ष नेताहरूले भावी रणनीतिका विषयमा छलफल गर्न लागेका हुन् यद्यपि छलफल कति बजे र कहाँ हुने भन्ने विषयमा खुलाइएको छैन ।

 
Don't Miss
© all rights reserved
made with by netKUTI