Responsive Ad Slot

latest

पेन्सन बुझ्न पोखरा गएका दम्पती पाँच दिनदेखि बेपत्ता

Wednesday, January 23

/ by Unknown

दमौली, माघ १० - पेन्सन बुझ्न पोखरा गएका तनहुँको रिसिङ रानीपोखरी- २ पनेरथोकका एक दम्पती पाँच दिनदेखि बेपत्ता भएका छन्। पेन्सन बुझेर माघ ४ गते साँझ दमौलीमा रहेका छोरा बुहारीको घरतर्फ फर्केका चन्द्रबहादुर थापा र उनकी श्रीमती पविमाया थापा मङ्गलबारसम्म पनि नआइपुगेपछि उनीहरु बेपत्ता भएको खुलेको हो।माघ २ गते पेन्सन बुझ्न पोखरा गएका उनीहरु माघ ३ गते पेन्सन बुझेर ४ गते नजिकैको हिमालय आँखा अस्पतालमा आँखा जँचाएर ट्याक्सी चढी घरतर्फ हिँडेको जानकारीमा आए पनि घर नआएपछि उनीहरु कहाँ गए भन्ने केही नखुलेको घर परिवारले जनाएका छन्।चन्द्रबहादुरसँग पेन्सन बुझेको रु ५२ हजार र उनकी श्रीमती पविले चार तोला बराबरको सुनको गरगहना लगाएकाले ट्याक्सी वालाले अपहरण गरेको हो कि भन्ने आशङ्का परिवारले गरेको छ।
Don't Miss
© all rights reserved
made with by netKUTI