एजेन्सी, ७ माघ/ सिरियाका विदेशमन्त्री वालिद मुवालेमले नयाँ सरकार गठनका लागि विपक्षी राष्ट्रवादी दलहरूलाई हतियार बिसाएर वार्तामा आउन आग्रह गरेका छन् । सिरियामा भइरहेको विदेशी हस्तक्षेपको विरोध गरे विपक्षीहरूलाई पनि सरकारमा समावेश गर्न सकिने मुवालेमको भनाइ छ । तर, राष्ट्रपति बसर अल असादबारे हुने कुनै पनि छलफल भने सरकारलाई अमान्य हुने मुवालेमले बताएका छन् । मुवालेमले नेसनल कोअलिसन फर सिरियन रिभल्युसनलाई भने दलको मान्यता दिन नसकिने बताएका छन् । नेसनल कोअलिसन फर सिरियन रिभल्युसन सिरियाको सबैभन्दा ठूलो हतियारधारी विद्रोही संगठन हो । मुवालेमको आह्वान साना विपक्षी दलहरूतर्फ मात्र लक्षित भएको बिबिसी अनलाइनले जनाएको छ ।