बर्देवाको “तिम्रै यादमा आधारात” गजल संग्रह बजारमा ।
तनहुँ खबर संवाददाता दोहा वैदेशिक रोजगारीका लागि विगत लामो समयदेखि कतारमा कार्यरत गतराम बर्देवा घायलको गजल संग्रह तिम्रै यादमा आधारात हालै बजारमा ल्याएका छन् । मादीरम्बेनी३,संखुवासभामा जन्मेर हाल पृथ्वी नारायण नगरपालिका १० तेह्रकिलो गोर्खामा बासोबास गर्दे आएका साहित्यकार बर्देवाले १ सय ४ वटा गजलहरु समावेश गरी सो गजल संग्रह निकालिएका हुन् ।
साहित्य विधाको गजल विधामा विगत लामो समयदेखि कलम चलाउँदै आएका गजलकार बर्देवाको यो पहिलो कृति हो । रोजगारीका क्रममा देशदेखि टाढा रहँदा, परिवारदेखि टाढा हुँदा देश प्रेममा डुवेर, आफन्तजन, गाउँघरको सम्झनामा तडपिएर, बर्षौ सम्म विछोडमा रहेर प्रियसी सँगको मिलनको खुसीमा यादमा आधारातमा विउँझेर गजल लेखेको पक्कै देखिन्छ यो गजल संग्रह पढदा । “मेचिदेखि महाकाली हाम्रो नेपाल हुनुपर्छ” “सगरमाथा र कर्णली, हाम्रो नेपाल हुनुपर्छ” । “खाडीको यो चर्को घामले, डढेको छु आमा”,“ कैयौंपटक बेहोसीमै लडेको छु आमा” । उनको गजल संग्रहमा दोहावासीहरुले विभिन्न विषयमा लेखिएका १सय ४वटा जगलहरु पढन पाउने छन् । उनको कृति पढन चाहानुहुने महानुभावहरुले लेखक सँग सम्पर्क गरेर कृति पढन सकिनेछ ।
नेपाली गीत तथा गजल संग्रह “सम्वन्ध”
तनहुँ खबर संवाददाता
दोहा– लिजेन्ड म्युजिक प्रा.लिले नेपाली गीत तथा गजल संग्रह “सम्वन्ध” बजारमा ल्याइसकेका छन् । चर्चित गायक तथा गायिकाहरुको स्वरबद्ध रहेका “सम्वन्ध” एल्बममा अहिलेका चर्चित पप गायिक ईन्दिरा जोशी, हेमन्त राना, रिमा गुरुङ्ग र सोनम बज्यु तामाङ्ग रहेका छन् । पराखी माइला,छेदा लाम, सुजन गोले, सूर्य तामाङ्ग, श्याम ग्लान तामाङ्ग, अमर सरोबर, बरु, अभाष सिन्धुलियन, संगी सुनुवार, सरु सुनुवारको रचना रहेका छन् ।
घरी घरी, हेरेर म, पाईलै पिच्छे, याङरी, र कसैको गीत भन्ने बोलमा भने सोनाम बज्यू तामाङको स्वार रहेका छन् । त्यसैगरी टाढा टाढा बोलको गीतमा रिमा गुरुङ्ग र सोनाम बज्यू तामाङको स्वार रहेका छन् भने आउँछ तिम्रो यादहरु हेमन्त राना र अरुलाई दुःख पर्दाको बोलमा नेपाली सकिरा नाम पाएकी गायिक ईन्दिरा जोशीको स्वर रहेका छन् । लिजेण्ड म्यूजिक प्रा.लिले विगतका केही बर्ष देखि निकै लोकप्रिय नेपाली गीत तथा तामाङ भाषाको गीतहरु बजारमा ल्याउँदै आएका छन् ।
रोजगारीका सिलसिलमा कतारमा लामो समयदेखि कार्यरत गीतकार सूर्य बहादुर तामाङ, उनी निकै राम्रो गीतकार हुन् ।
मेरो कथाको सुटिङ्ग सम्पन्न ।
तनहुँ खबर संवाददाता
दोहा– बैदेशिक रोजगारीमा आएर पनि कला क्षेत्रमा लागेका नेपाली यूवाहरु मिलेर तयार पारिएको सर्ट मुभि मेरो कथाको सुटिङ्ग हालै सम्पन्न भएको छ । मेरो कथामा भानु शर्मा, जनवी थापा मगर, बलहरी राना, जमुना योञ्जन लगायत अन्य कलाकाहरुले अभिनय गरेका छन् । कतारमा कार्यरत रहँदा भएको अचानक भएको प्रेम कथालाई आधार मानेर बनाएको कथाकारले बताए । यो सर्ट मुभि १५ मिनेट जतिको रहेको छ । सम्पादन कार्य सकेर डविङ्ग कार्य हुँदै गरेको छायांकन राजिव पाख्रिन जानकारी दिए ।
उनले यही शुक्रवार देखि विछोडको पिडा भन्ने मुभि पनि निर्माण गर्न लागेका बताए । मेरो कथाको निर्देशन भने भविन्द्र तामाङले गरेका हुन् । उनी विगत केही महिना देखि दोहामा म्युजिक भिडीयो तथा विभिन्न डकुमेन्ट्री र सर्ट मुभिहरुको निर्देशन लगायत डबिङ्ग र सम्पादन पनि आफै गर्दे आईरहेका छन् ।
एकदिने कलाकारिता प्रशिक्षण कार्यक्रम सम्पन्न ।
तनहुँ खबर संवाददाता
दोहा–अन्तर्राष्ट्रिय कलाकार मञ्च कतार शाखाले एकदिने कलाकारिता प्रशिक्षण कार्यक्रम सम्पन्न गरेका छन् । विगत केही महिना देखि कतार रही विभिन्न म्युजिक भिडीयो तथा फिल्महरु निर्देशन गर्दे आइरहेका निर्देशक भविन्द्र तामाङ निर्देशन गर्दा सम्वन्धि विषयहरुमा ध्यानदिनु पर्ने प्रयोगात्मक प्रशिक्षण दिएका थिए । अभिनय सम्वन्धि प्रविणराईल अभिनयबारे प्रशिक्षण दिएका थिए ।
कतारमा सक्रिय रहेका कलाकारहरु भानु हर्मा, उद्धवराई, विष्णु कार्कीले कालकारितामा लाग्दा बटुलेका अनुभव सुनाएका थिए । कार्यक्रममा प्रशिक्षक तथा प्रशिक्षार्थीहरुलाई सल्लाहकार सागर नेपालले प्रमाण पत्र प्रदान गरेका थिए । संचारकर्मी निराजनभण्डारीले उद्धघोषण गर्ने तारिकाबारे जानकारी गराउँदै कार्यक्रम सफल रुपमा अगाडी बढाउने काम सदैव उद्धघोषका हुने बताउदै उद्धघोषबारे जानकरी दिएका थिए ।
मञ्चका सदस्य राज न्यौपाने कतार छाडी बहराईन गएकोले उनको स्थानमा दिनेश खड्कालाई मनोनित गरिएको छ । मञ्चक अध्यक्ष नायिक सोभिता सिंखडा सुटिङ्गको सिलसिलमा नेपालमा रहेकी छिन । लगभग तीनदर्जन भन्दा बढी कलाकाहरुले प्रशिक्षणमा भाग लिएका थिए । कतार २८औं शाखा रहेका छ ।