सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज हिमालयन शेर्पा र नेपाल आर्मी तथा आरसीटी र एनआरटीबीच प्रतिस्पर्धा हुँदैछ । पहिलो खेलमा दिउँसो साढे १२ बजे अंक तालिकाको आठौं नम्बरमा रहेको हिमालयन शेर्पा र १२ औं नम्बरमा रहेको नेपाल आर्मीबीच प्रतिस्पर्धा हुनेछ । हिमालयन शेर्पाले यसअघिका दुई खेलमा एकमा जीत र एकमा बराबरी खेल्दै ४ अंक जोडेको छ भने नेपाल आर्मीले एकमा हार र एकमा बराबरी खेल्दै १ अंक मात्रै जोडेको छ । त्यस्तै दिउँसो साढे दुईबजे हुने अर्को खेलमा पाँचौं नम्बरमा रहेको आरसीटी र चौथो नंम्बरमा रहेको एनआरटी भिड्नेछन् । आरसिटी र एनआरटीले यसवर्षको लिगमा खेलेका दबै खेल जित्दै समान ६ अंक जोडेका छन् । हिजोको खेलमा जावलाखेल र थ्रीस्टारले आ आफ्ना खेल जितेका थिए ।