Responsive Ad Slot

latest

२५ हजार शिक्षक नियुक्तिको बाटो खुल्ला

Wednesday, December 5

/ by Unknown

काठमाडौ, मंसिर २० – सरकारले शिक्षक सेवा नियमावली संशोधन गरेपछि २५ हजार शिक्षक नियुक्तिको बाटो खुलेको छ ।मन्त्रिपरिषदको मंगलबारको बैठकले नियमावली संशोधन गरेपछि २०६३ वैशाख ११ गतेयता रिक्त भएका दरबन्दीमा शिक्षक नियुक्तिको बाटो खुलेको हो ।तर शिक्षक संघसंगठनले भने अस्थायी शिक्षकको समस्या समाधानको लागि पनि गम्भीर बन्न सरकारसित माग गरेका छन् । नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष बाबुराम अधिकारीले पुराना समस्या समाधान नभईकन गरिने कामले झन् अप्ठेरो अवस्था ल्याउने बताउनुभयो ।उज्यालोसँगको कुराकानीमा उहाँले नयाँ नियुक्तिको बाटो खुलेकोमा आफूहरुको बिरोध नरहेको, तर अस्थायी शिक्षकको समस्या समाधान गर्नुपर्ने बताउनुभयो ।सरकारले भने स्थायी शिक्षक नियुक्ति प्रकृया शुरु भएपछि अस्थायी शिक्षकलाई मर्का नपर्ने बताएको छ । पुराना शिक्षकलाई आन्तरिक प्रतिष्पर्धा गर्नबाट नरोक्ने शिक्षा मन्त्रालयले जनाएको छ ।खुला प्रतिस्पर्धामा सबैले भाग लिन पाउने र काम गरिरहेका शिक्षकहरुको यसअघि हुँदै आएको आन्तरिक प्रतिस्पर्धा पनि संगै अघि बढ्ने मन्त्रालयका प्रवक्ता महाश्रम शर्माले उज्यालोलाई जानकारी दिनुभयो । शिक्षक सेवा आयोगले आवश्यकता अनुसार क्रमशः विज्ञापन खोल्दै जाने पनि उहाँले बताउनुभयो ।
Don't Miss
© all rights reserved
made with by netKUTI