मंसिर २०,
रामपुर वन विश्वविद्यालयलाई सम्पत्ति हस्तान्तरण गर्न माग गर्दै विरोधमा उत्रिएका चितवनका विद्यार्थी संगठनहरुले आज कृषि तथा पशु विज्ञान अध्ययन संस्थान , डिनको कार्यलय बन्द गर्ने घोषणा गरेका छन्. । त्रिविले सम्पत्ति हस्तान्तरणको कामलाई तत्काल अघि बढाउनुपर्ने माग गर्दै संघर्षका कार्यक्रम घोषणा गरेका विद्यार्थी संगठनहरुले दिउसो १ बजेदेखि डीन कार्यलय अनिश्चिलकालीन रुपमा बन्द गर्ने जनाएका छन् । सं्रयुक्त विज्ञप्ति जारी गरी आन्दोलनलाई सहयोग गर्न सबै पक्ष संग आग्रह गरेका छन् । विद्यार्थीहरुले विरोध स्वरुप रामपुर क्याम्पसमा प्रवेश परिक्षा रोक्ने निर्णय यसअघि नै गरिसकेका छन् ।