तनहुँ, १८ मंसिर
भारतको बैङलोरमा जारी पहिलो दृष्टिविहीन टी २० विश्वकप क्रिकेटमा आज नेपालले श्रीलंकासँग सामना गर्ने भएको छ । हिजोकोे बङ्गलादेश र नेपालबीचको खेलमा नेपाललले बंगलादेशलाई ९ विकेटले पराजित गरेको हो । टस जितेर पहिले ब्र्याटिङ थालेको बंगलादेशले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ५४ रन मात्र बनाउन सक्यो । १ सय ५५ रनको विजयी लक्ष्य लिएर जवाफी ब्र्याटिङमा उत्रिएको नेपालले ७ दशमलव ३ ओभरमा १ विकेटको क्षतिमा लक्ष्य भेट्टाएपछि नेपालको जित सहज बनेको हो ।