काठमाडौ, मंसिर १८ –
आज अन्तराष्ट्रिय अपाङ्ग दिवस, नेपालमा पनि बिभिन्न कार्यक्रम गरी मनाइदैछ ।सरकारी तथा गैरसरकारी संघसंस्थाले अपाङ्गता भएकाहरुको अवस्था र अधिकारको विषयमा चेतनामुलक कार्यक्रम गर्दैछन् ।काम गर्ने संस्था धेरै भएपनि अपाङ्गता भएकाहरुको अवस्थामा खासै सुधार आउन नसकेको गुनासो छ । राष्ट्रिय अपाङ्ग महासंघका अनुसार नेपालमा झण्डै ३० लाख अपाङ्गता भएका व्यक्तिहरु छन् ।तर सरकारको नीति, कार्यक्रम र सहयोग रहेपनि अपाङ्गता भएकाहरुको अवस्थामा खासै सुधार हुन नसकेको महासंघले जनाएको छ । अधिकारकर्मीहरुले अपाङ्गमैत्री वातावरण लगायतका अरु अधिकारकाबारे आवाज उठाउँदै आएका छन् ।