२० मंसिर, काठमाण्डौं । आफ्नो पार्टीका तर्फबाट प्रधानमन्त्रीको उमेद्धारी तय गर्न आज नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक बस्दैछ । मध्यान्ह पार्टी केन्द्रीय कार्यालयमा बस्ने बैठकले पार्टी सभापति सुशील कोइरालालाई प्रधानमन्त्रीको उमेद्दारका रुपमा प्रस्ताव गर्ने तयारी भएकेा काँग्रेसका प्रवक्ता दिलेन्द्रप्रसाद बडुले जानकारी दिनुभयो ।

प्रधानमन्त्रीको उमेद्दारीका विषयमा छलफल गर्न अहिले केहीबेरमा सभापति कोइरालाको निवास महाराजगञ्जमा पार्टी पदाधिकारीहरुको अनौपचारिक छलफल हुने काँग्रेसले जनाएको छ ।