काठमाडौ, मंसिर १८ –
नेपाल र भारतबीच सुरक्षा सम्बन्धी बैठक आज हुँदैछ । नयाँ दिल्लीमा हुने बैठकमा सहभागी हुन सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्तको नेतृत्वमा नेपाली टोली भारत पुगिसकेको छ । दुई देशबीच सुरक्षा प्रमुख तहमा सुरक्षासम्बन्धी विशेष बैठक हुन लागेको यो पहिलोपटक हो । मंगलबारसम्म हुने बैठकमा आतंकवाद, अवैध हातहतियार ओसारपसार, लागूऔषध नियन्त्रण, सूचनाको आदानप्रदान लगायतका विषयमा छलफल हुने कार्यक्रम छ । बैठकमा नेपाली टोलीले दुई देशबीच रहेको खुला सिमाना, त्यसका कारण सीमा क्षेत्रमा हुने गरेको अपराध नियन्त्रणलाई मुख्य विषय बनाउने तयारी गरेको छ ।