स्याङ्गजा, १८ मंसिर
स्याङ्जाका ७३ सामुदायिक विद्यालयलाई धमाधम पुस्तकालय हस्तान्त्रण अभियान सुरु भएको छ । विद्यालयमा पुस्तकालयले महत्वपुर्ण भुमिका खेल्ने र विद्यार्थी, शिक्षकलाई कितावी ज्ञान मात्र नभई बाहय र रचनात्मक कार्यमा सहयोग पु¥याउने उदेश्यले पुस्तक हस्तान्तरण अभियान थालिएको हो । पुस्तकालय कार्यक्रम भरी विद्यालयलाई निरन्तर पुस्तकालय सञ्चालन तथा निरन्तरताका लागि सिकाई गरेपछि अहिले विद्यालयलाई पुस्तकालय हस्तान्तरण गरिएको हो । सन् २००० मा बिभिन्न ७३ वटा विद्यालयमा स्थापना भएका पुस्तकालय कार्यक्रम अन्तर्गत सन् २०१२ डिसेम्बर १० सम्ममा हस्तान्त्रण गर्ने अभियान अन्तर्गत अन्तरगत हिजोबाट अभियान थालिएको हो । रुम टु रिडको सहयोगमा पुस्तकालयमा किताव हस्तान्तरण अभियान थालिएको हो ।