मंसिर २०
राजधानीमा जारी सहिद स्मारक ए डिभिजन फुटबलमा आज संकटा र बौद्ध क्लब भिड्दैछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मध्यान्ह १२ बजे हुने खेलमा संकटा अंक तालिकाको पुछारमा रहेको बौद्धमाथि हाबी हुने अनुमान गरिएको छ । बौद्ध भने पहिलो जितको खोजीमा हुनेछ । २ खेलमा जित निकालेको संकटा ६ अंकका साथ सातौं स्थानमा छ भने ३ वटै खेल गुमाएको बौद्ध अंकविहिन हुँदै पुछारमा छ ।यस्तै आजै हुने अर्को खेलमा मध्यपुुर युथ एशोशियशन र बाँसबारी क्लब आमने सामने हुनेछन् । दिउँसो साढे २ बजे हुने खेलमा दुवै टोली पहिलो जित निकाल्दै रेलिगेसनबाट बच्ने योजनाका साथ मैदान उत्रनेछ । पछिल्लो खेलमा बलिया टोलीहरुलाई बराबरीमा रोक्न सफल भएको मध्यपुरले आज बाँसबारीलाई दबावमा राख्ने अनुमान गरिएको छ । जारी लिगमा २ अंक जोडेको मध्यपुर पुछारबाट चौथो स्थानमा छ भने बाँसबारी १ अंकका साथ पुछारबाट दोस्रो स्थानमा छ । यसअघि हिजो भएको खेलमा पुलिसले पहिलो जित निकाल्ने क्रममा सरस्वतीलाई पराजित गरेको छ भने मच्छिन्द्रले शसस्त्रको एपीएफलाई हराउँदै आफ्नो अपराजित यात्रा कायमै राखेको छ ।