१८ मंसिर, काभ्रे ।
काभ्रेको बनेपामा रहेको दुरसञ्चार चोकमा आज विहान पाइप बम विष्फोट भएको छ । विष्फोटवाट कुनै मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । बम विष्फोट फोहोर थुपारिएको डंगुरमा भएकाले कुनै क्षति हुन नपाएको हो । विष्फोटन भएको स्थानमा विश्व सेना विशाल नेपालको पर्चा भेटिएको छ । पर्चामा लोकतन्त्र र गणतन्त्रका नाममा देश लुट्न र टुक्राउन नपाइने लेखिएको प्रहरीले जनाएको छ । घटनावारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।