मंसिर २०
इजीप्टमा नया संविधानको मस्यौदाको विषयलाई लिएर विपक्षमा उभिएका सर्वसाधारणले राजधानी कायरो स्थित राष्ट्रपति भवन वाहीर विरोध प्रदर्शन गरेका छन् । प्रदर्शनका क्रममा १८ प्रदर्शनकारी घाइते भएका छन् । प्रदर्शन रोक्न प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । संविधानको मस्यौदामा महिला , अल्पसंख्यकको अधिकार सहीत अभिव्यक्ति स्वतन्त्रतालाई पर्याप्त स्थान नदिइएको प्रदर्शनकारीहरुको आरोप छ । भ्रष्ट प्रशासनका कारण प्रदर्शनमा उत्रनुपरेको उनीहरुको भनाई छ । प्रर्दशनका समय राष्ट्रपति मुर्सी , राष्ट्रपति भवनमा नरहेको बताइएको छ । इजीप्टमा डिसेम्बर १५ तारीखमा नया संविधानको मस्यौदामा मतदान हुदैछ ।