धादिङ, मंसिर १८ – नुवाकोट दुईपीपल ८ केउरिनीमा रहेको नमुना सिलाई तथा कपडा पसलमा सोमबार बिहान आगलागी भएको छ । आगलागीबाट झण्डै १० लाख रुपैयाँ बरावरको क्षति भएको अनुमान गरिएको छ । बिद्युत सर्किट सर्ट भएर निस्किएको आगोले धादिङको कल्लेरी १ घरभई केउरिनीमा पसल चलाउंदै आएकी प्रमिला बिसुन्केको पसलमा क्षति पुगेको हो । आगलागीबाट सातवटा सिलाई मेसिन, दुई लाख ५० हजार नगद, ६ लाख रुपैयाँ बरावरको कपडा र अरु सामानहरु समेत जलेर नष्ट भएकोे प्रहरीले जनाएको छ । स्थानीय वासिन्दाको प्रयासमा त्रिशुली नदीवाट पानी तानेर आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।