चार सचिवको अवकाश ःः
आजबाट सरकारका चारजना सचिवले अवकाश लिएका छन् । उनीहरूको सेवाअवधि सकिएपछि अवकाश लिएका हुन् ।
सरकारी सेवाबाट अवकास हुने सचिवहरूमा अख्तियार दुरूपयोग अनुसान्धान आयोगका सचिव भगवतीकुमार काफ्ले, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलयका सचिव ताना गौतम, महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयका सचिव बालानन्द शर्मा पौडेल र महालेखा परीक्षकको कार्यालयका सचिव बृन्द्रा हाडा रहेका छन् ।
फोरम गणतान्त्रिकको महाधिवेशन कात्तिकमा
मधेसी जनअधिकार फोरम गणतान्त्रिकले अगामी कात्तिक २१, २२ र २३ गते वीरगन्जमा महाधिवेशन गर्ने निर्णय गरेको छ । पार्टीको केन्द्रीय समिति बैठकले यस्तो निर्णय गरेको हो । वीरगन्जमा यही असोज २२ र २३ गते बसेको केन्द्रीय समितिको बैठक पश्चात फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले मुलुकमा उत्पन्न समसामयिक राजनीतिक परिस्थिति, सङ्कटको निकास र पार्टीको आन्तरिक सङ्गठन सुदृढीकरणका सम्बन्धमा बैठकमा छलफल भएको बताउनुभयो ।
कांग्रेस र एमालेको सत्ता स्वार्थ र पुरानै शैलीको शासन चलाउने सङ्कुचित मान्यताले संविधानसभा असफल भएको आरोप अध्यक्ष यादवले लगाउनु भयो । उहा“ले पहिचानसहितको सङ्घीयता र सङ्घीयता सहितको संविधानका बारेमा ती दुवै दलको स्पष्ट दृष्टिकोण आउन नसक्नु नै सहमतिको बाधक भएको उहा“ले बताउनुभयो ।
चरेससहित युवक पक्राउ ःः
अवैध लागुऔषध चरेस चुरोटको बट्टामा राखेर हि“डिरहेको अवस्थामा रसुवाको स्याफ्रुवेसी प्रहरी चौकीले आज चरेससहित एक युवकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयले आजै पत्रकार सम्मेलन गरी लागुऔषध चरेससहित पक्राउ परेका रसुवा जिल्ला लहरेपौवा ७ का २३ वर्षीय बुद्धिबहादुर ब्लोनलाई सार्वजनिक गरेको थियो ।
ब्लोनको साथबाट करिब सय ग्राम चरेससहित केही हतियारसमेत बरामद गरी आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
हतियारसहित पक्राउ ःः
खोटाङमा हतियार सहित एक युवा पक्राउ परेका छन् । खोटाङ मात्तिम–८ का सागर मग्राति एक थान कटुवा पेस्तोल सहित पक्राउ परेका हुन् । १९ वर्षीय मग्रातिलाई जिल्ला प्रहरी कार्यलय खोटाङको टोलिले लफ्याङ–२ बाट पक्रिएको हो । उनलाई विशेष सुराकीका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय खोटाङले जनाएको छ । पेस्तोल भने उनको घरबाटै वरामत गरिएको प्रहरीको भनाइ छ । उनिमाथि छानविन अगाडि बढाइएको रेडियो रेडियो हलेसीवाट सहकर्मी उजीर कार्कीले जनाएका छन् ।
नया“ सुरक्षा रणनीति ःः
दसै“ तिहारका समयमा हुन सक्ने सम्भाव्य घटनालाई निरुत्साहित गर्न जिल्ला प्रहरी कार्यालय दाङले जिल्लामा नया“ सुरक्षा रणनीति लागु गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक लोकेन्द्र मल्लले दिएको जानकारी अनुसार चाडपर्व नजिकि“दै गर्दा हुन सक्ने चोरीका घटना रोक्न आजैदेखि जिल्लाका विशेष नाकाहरू तथा राजमार्ग क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी परिचालन गरिएको छ ।
जिल्लाको राजमार्ग क्षेत्रका केही ठाउ“मा अस्थायी प्रहरीपोस्ट स्थापना गरी रात्रि बसलाई प्रहरीले स्कर्टिङ गर्ने व्यवस्था मिलाइएको उहा“ले बताउनुभयो ।
यसैगरी दसै“ तिहारमा हुन सक्ने सम्भाव्य दुर्घटना रोक्न सवारी साधनका छतमा यात्रु राख्ने सवारी साधन तथा मादकपदार्थ सेवन गरी सवारी चलाउने चालक माथी कडा निगरानी गरिने मल्लले बताउनुभयो ।
सहायता कार्यदल गठन ःः
सर्लाही प्रहरीले ‘कानुन भन्दा कोही छैन माथी, सुख दुःखमा प्रहरी नै हो साथी’ भन्ने मुल नाराका साथ अन्तर इकाई सहायता कार्यदल गठन गरेको छ । नजिकि“दै गरेको चाड पर्वलाई मध्य नजर गरेर ल्याइएको विशेष सुरक्षा कार्यक्रम अन्र्तगत सो कार्यदल गठन गरिएको हो । कार्यदलले जिल्लाको विभिन्न स्थानमा गई त्यहा“को युनिटलाई सहयोग गर्ने जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक रामप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । १५ सदस्यीय प्रहरी टोलीले छठसम्म अपराध, लुटपाटका घटना घट्न सक्ने शंकास्पद स्थानमा गएर चेक जा“च गर्ने रेडियो एकतावाट सहकर्मी सुरेश बिडारीले जनाएका छन् ।
समाधिस्थल ओझेलमा ःः
कपिलवस्तुको तिलौराकोट नजिकै रहेको भगवान गौतमबुद्धका पिता राजा शुद्धोधन र माता मायादेवीको समाधिस्थल ओझेलमा पर्दै गएको छ । संबन्धित निकायको बेवास्ता र प्रचार प्रसार अभावका कारण बुद्धका पिता र माताको समाधि स्थलका रूपमा रहेको स्तुप ओझेलमा पर्दै गएको हो । लुम्बिनी बिकास कोषले बिना योजना तिलौराकोट दरबार क्षेत्र मात्र पर्खालले घेरेपछि ति दुबै स्तुप पर्यटकिय तथा पुरातात्विक महत्वको क्षेत्र बाट टाढिदै गएको रेडियो समानताबाट सहकर्मी सनिउल्लाह धोबीले जनाएका छन् ।
बुद्धमूर्ति र बिहारमा भएको आक्रमणको विरोध ःः
गत असोज १४ गते राती वंगलादेशको चित्तागांग जिल्लाको कोक्स गाउ“मा रहेको बुद्धको मुर्ति र विहारमाथि भएको आक्रमणको धर्मोदय सभाले भत्र्सना गरेको छ । दर्मोदय सभाले मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर शान्तिका अग्रदुत भगवान बुद्धका मुर्ति विहार र बौद्ध धर्म अनुयायी माथि भएको आक्रमण अत्यन्तै अमानविय र भत्र्सना योग्य भएको भन्दै ध्वस्त संरचनाको पुनःनिर्माण र घाईतेको उपचारको ब्यवस्था गर्न समेत बंगलादेश सरकार स“ग माग गरेको छ ।
साथै पत्रकार सम्मेलनमार्फत धर्मोदय सभाले संसारको कुनै पनि भुभागमा बुद्धको प्रतिमा र बौद्धहरूमाथि हुने गरेका यस्ता आक्रमण हुन नदिने बातावरण निर्माणकोलागी कुटनीतिक पहल गर्न समेत नेपाल सरकार परराष्ट्र मन्त्रालयस“ग माग गरेको छ ।
पत्रकार सम्मेलनमा बोल्दै सभाका उपाध्यक्ष लक्ष्मिदास मानन्धरले बौद्ध धर्म अनुयायीहरू शान्तिका हिमायती हुने भएकोले यस्ता शान्ति विरोधी आतंककारी कार्यको शान्तिपूर्ण रूपमा विरोध गर्ने बताए ।
उनले एक अर्काको अस्तित्वलाई नस्विकार्ने र विध्वशंक चरित्रका सबैले भगवान बुद्धको शान्ति र अहिसा“को मार्ग अवलम्बन गर्न सके संसार शान्तीपूर्ण हुने दावी गरे ।
अर्का उपाध्यक्ष पद्म ज्यातीले यो घटनाको विरोधमा बंगलादेश दुतावासमा विरोध पत्र बुझाउने तयारी भईरहेको जानकारी दिदै सो हिंसात्मक घटनामा भएको क्षतीको पुनःनिर्माणकोलागी बंगलादेश सरकारस“ग आग्रह गर्ने जानकारी दिए । अर्का उपाध्यक्ष एवम नेपाली काग्रेसका पूर्व सांसद ईन्दबहादुर गुरुङले कुनै पनि धर्म मान्न र त्यसको सुरक्षा गर्न पाउनु मानवअधिकार भएको भन्दै बंगलादेश सरकारलाई त्यहा“का बौद्धमार्गिहरूको मानवअधिकारको संरक्षण गर्दै बौद्ध सम्पदाहरूको सुरक्षा गर्न माग गरे ।
महासचिव रत्मान शाक्यले पनि बंगलादेशमा भएको आक्रमणको भत्र्सना गर्दै क्षतिको पुनःनिर्माण र घाईतेको उपचारकोलागी सरकारस“ग माग गरे ।
लुटपाटपछि हत्या ःः
धादिङको उत्तरी विकट क्षेत्र तिप्लिङ गाविसको एक घरमा लुटेरासमूहले लुटपाट पछि एक जनाको हत्या गरेको छ । तिप्लिङ गाविस वडा न।ं ८ का ५० वर्षीय धनबहादुर घलेको घरमा लुटपाट पछि हत्या गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मंगलबार बिहान राती लुटपाट गर्न आएको समूहले घरमा रहेको दुई तोला सुन लुटपाट गरेपछि घले दम्पत्तीमाथी आक्रमण गरिएको थियो ।
आक्रमणका कारण धनबहादुरको घटनास्थलमै मृत्यु भउको थियो भने उनको श्रीमति ४८ वर्षीया मरबते घले बेहोस भएको अवस्थामा छिमेकीले फेला पारेको रेडियो लोकतन्त्रवाट सहकर्मी मनिष दुवाडीले जनाएका छन् ।
बाघको आक्रमणमा एकका मृत्यु ःः
गुल्मीको दरबारदेबिस्थान वाड नं। ४ भलाचौरमा भन्ने बाघको आक्रमणबाट एक महिलाको ज्यान गएको छ । घरमा एक्लै बस्दै आएकी ६० वर्षिय रेनुकला खत्री गएराति बाघको आक्रमणमा परेको जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी नायव निरिक्ष राजकुमार बैदवारले जानकारी दिनु भयो ।
उनको परिवारमा कोहि नभएको र उनी श्रीमानबाट छुट्टिएर एक्लै बस्दै आएको रेडियो गुल्मीवाट सहकर्मी अनिल खत्रीले जनाएका छन् ।
अज्ञात रोग देखियो, विद्यालय बन्द ःः
नुवाकोट जिल्लाको एक विद्यालयका विद्यार्थीमा अज्ञात रोग देखापरेपछि गरिएको विद्यालय बन्द अझै सञ्चालनमा आएको छैन । गत साता जिल्लाको साल्मे गाविसमा रहेको साल्मे माध्यामिक विद्यालय वन्द भएको हो । शिक्षक युवराज घलेका अनुसार २० दिन देखि विद्यार्थी कक्षामा प्रवेश गर्ना साथ घोप्टिने, छटपटिने, बरबराउने जस्ता अनौठो रोग देखापर्ने गरेकोले विद्यालय नै बन्द गरिएको थियो ।
त्यसैगरी, आज्ञात रोगका कारण रसुवा जिल्लाको एक विद्यालयको पठनपाठन पनि बन्द भएको छ । विद्यार्थीहरूमा अनौठो रोग देखापरेपछि गत सोमबारबाट विद्यालय बन्द गरिएको बताइएको छ ।
विद्यालयमा तालबन्दी ःः
बागलुङको बुर्तिवाङ गाविसमा रहेको उत्तरगंगा उच्च माध्यामिक बिद्यालयमा अध्ययनरत विद्यार्थीहरूले विद्यालयमा अनिश्चितकालिन तालाबन्दी गरेका छन् । विगत ४ वर्षदेखि विद्यालय व्यवस्थापन समिति गठन, प्राचार्य नियुक्ति लगायतका विषयमा पटक पटक विवाद हु“दै आएको छ । विद्यालयमा जिल्ला शिक्षा कार्यालय बागलुङले गरेको प्रतिबद्धता कार्यान्वयन नगरेको भन्दै तालाबन्दी गरेको रेडियो सारथीवाट कमल पौडेलले जनाएका छन् ।
कामदार बालबालिकाको संख्या बढ्दो ःः
नुवाकोटका इट्टा भट्टामा काम गर्ने महिला र बालवालिकाहरूको संख्या बढ्दै गएको छ । रातमाटे गाविसमा सञ्चालन भइरहेको ईट्टा भट्टामा मधेशी मुलका महिला र बालवालिकाहरूको संख्या बढी छ । दशैं नजिकि“दै गएपछि मजदुरी गर्नेहरूको सङ्ख्यामा तिव्र वृद्धि भएको हो । रातमाटेको सरस्वती इट्टा भट्टामा सर्लाही जिल्ला हजारी गाविसका मात्रै दुई सय भन्दा बढी महिला, पुरुष र बालबाकिलाहरू रहेका छन् ।
मासु पसलमा अनुगमन ःः
जिल्ला पशु सेवा कार्यालय नुवाकोटले सदरमुकाम विदुर र आसपासका बजारहरूमा रहको मासु पसलको अनुगमन गरेको छ । पहिलोपटक गरिएको अनुगमनको क्रममा मापदण्ड पुरा नगरेका पसलहरूलाई सुधार गर्न अल्टिमेटम दिइएको थियो । यस क्रममा अधिकांशले सुधार गरेको र केहीले अझै पनि बेवास्ता गरेको बताइएको छ ।
त्यसरी व्यवास्ता गर्ने चारवटा मासु पसलका सञ्चालकलाई जिल्ला प्रशासन कार्यालयमा बोलाई १५ दिनभित्र सुधार गर्ने कागज गराएर छाडिएको रेडियो त्रीशुलीवाट सहकर्मी जगदीश खनालले जनाएका छन् । म्याग्दी जिल्लालाई आज खुला दिसामुक्त जिल्ला घोषणा गरिदै छ । नेपाल सरकारले मुलुकलाई नै सन् २०१७ भित्र खुला दिसामुक्त घोषणा गर्ने लक्ष्य लिएको छ ।
चेकजा“चमा कडा ःः
गुल्मीमा चाड पर्व स“गै सम्भावित दुर्घटनालाई मध्यनजर गरी जिल्ला प्रहरी कार्यालयले चेकजा“च कडा पारेको छ । चोरी डकैती लुटपाट नियन्त्रण सगै मादक पदार्थ सेवन गरी सवारी साधन सञ्चालन गर्नेहरूप्रति कडा चेकजा“च गरीएको हो ।
केहिदिन यता गुल्मीको सदरमुकाम तम्घास भित्रिने नाकाहरू तथा बजारमा गरिएको चेक जाचमा मादक पादार्थ सेवन गरि बजारमा होहल्ला गर्ने तथा सवारी साधन चलाउने ८ जना ब्याक्तीहरूलाइ नियन्त्रणमा लिइ कारबाही गरीएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यस्तै मध्यपश्चिममा मापसे अभियानबाट अहिले सम्म १५ लाख ५ हजार ८ सय पचास रूपैया राजस्व संकलन भएको मध्यपश्चिम क्षेत्रिय ट्राफिक कार्यलय कोहलपुरले जनाएको छ । मध्यपश्चिममा गत जेठ महिना देखी सुरु भएको मापसे अभियानमा हाल सम्म २ सय ७२ जना सवारी चालक कार्वाहिमा परेका छन् । विषेशत यो संख्या सुर्खेत र दाङमा बढि भेटिएको छ ।
मध्यपश्चिमका जिल्लाहरूमा मापसे अभियान सुरु गरेबाट सवारी साधन दुर्घटना कमी भैरहेको ट्राफिक प्रहरीलाई उद्धृत गर्दै रेडियो कोहलपुरवाट सहकर्मी अमृता केसीले जनाएकी छिन् ।
सकियो जितिया ःः
सामान्यतः यो पर्वमा सप्तमी तिथिको अन्तिम प्रहरमा सूर्योदय हुनुअगावै व्रतालुले आफूलाई मनपर्ने चोखो भोजन ग्रहण गरी इच्छाभर पानी खाएर व्रतको शुभारम्भ गर्ने प्रचलन रहेपनि यसपल्ट साइत नजुरेकाले व्रतालुहरूले करिब ३६ घन्टा निराहार व्रत गरेका थिए । यो पर्वमा सन्तान जीवित रहोस् भन्ने कामनाका साथ जिभूतवाहन भगवान् को पूजाआजा गरिन्छ ।
किसान उत्साहित ःः
अर्घाखॉचीमा आफुले उत्पादन गरेको तरकारी हाटबजारमा विक्री हुन थालेपछि जिल्लामा व्यवसायीक रूपमा तरकारी खेती गदै आएका किसानहरू उत्साहित भएका छन् । अर्घाखॉचीमा पछिल्लो १ वर्षमा एक दर्जन तरकारी संकलन केन्द्र तथा हाटबजारहरू सञ्चालनमा आएपछि कृर्षकहरू थप उत्साहित भएका हुन् ।
सामूहिक दुर्गा पूजा ःः
महोत्तरीको अधिकांश गाविसमा सार्वजनिक रूपमा दुर्गा पुजा गर्ने प्रचलन बढ्दै गएको छ । जिल्लाको उत्तरी केहि गाविस बाहेक झण्डै ६५ गाविसमा दुर्गा पुजा सार्वजनिक रूपमा गर्ने चलन बढेको हो ।
हिन्दुहरूको महानपर्व दशै“ अन्तर्गत दशमीको दिन दुर्गा पुजा धुमधामका साथ सार्वजनिक रूपमा पण्डाल निर्माण गरी गरीने गरिन्छ । दुर्गा लगाएत अन्य भगवान तथा राक्षशका समेत माटोको प्रतिमा बनाउने कार्य अहिले जारी रहेको रेचलिरहेको रेडियो सुनगाभावाट सहकर्मी अनु खनालले जनाएकी छिन् ।
मुख्य सचिबको निर्देशन ःः
नेपाल सरकारका मुख्य सचिव लिलामणी पौडेलले जिम्मेवारी अनुसार इमानदारीताका साथ काम गर्न म्याग्दीका निजामती कर्मचारीहरूलाई निर्देशन दिनुभएको छ । जनताको नजरमा निजामती कर्मचारीको छवी ब्रिगदै गएको बताउ“दै उहा“ले इमानदार भएर राज्यबाट जनतालाई प्रदान हुने सेवा सुबिधा सहज रूपमा उपलब्ध गराउन निर्देशन दिनुभयो ।
खुला दिसा मुक्त म्याग्दी घोषणको कार्यक्रमको सिलसिलामा आज बेनीमा आयोजीत कार्यक्रममा उहा“ले अनियमितता र अपारदर्शीताका कारण जनताको नजरमा कर्मचारी क्षेत्रप्रति नराम्रो नजिर बसेकाले त्यसलाई सुधार गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो । नेपालवाणी