Responsive Ad Slot

latest

रिपोटर्स क्लब नेपालको चियापान ,फोटो फिचर सहित I

Saturday, October 20

/ by Admin BHOLA THAPA

  • हामिले पुनःस्थापना नै गर्नु पर्छ भनेर भनेको होईनः- प्रधानमन्त्री

  • स्थिति परिवर्तन नभए निर्णायक आन्दोलनः- खनाल

राष्ट्रपतिको चुनाव गर्ने माओवादी प्रस्ताव निहुँ खोजाईमात्रः देउवा

 काठमाडौ  असोज ४ गते । दशै तिहार नेपाल संबत र छठ पक्षको अवसरमा रिपोर्टस्र क्बल नेपालले शनिवार आयोजना गरेको सहमतिय चियापान कार्यक्रममा प्रधानमन्त्री डा बाबुराम भट्टराईले संविधानसभाको पुनःस्थापना एमाओवादीको अडान नभएको स्पष्ट पारेका छन् । प्रधानमन्त्रीले आफूहरुले नै निर्वाचन घोषणा गरेकोले त्यसैको पक्षमा रहेको भन्दै संविधानसभाको पुनःस्थापनामा सहमति बन्न नसके निर्वाचनको विधी र प्रकि्रयामा सहमति जुटाएर निर्वाचनमा जानु पर्ने धारणा राखे ।
दलहरु आ आफ्नो अडानबाट पछि हटे सहमति बन्ने दावी गर्दै प्रधानमन्त्री भट्टराईले दशै र तिहारको विचमा सहमति बन्ने विश्वास ब्यक्त गरे । उनले भने-हामी राष्ट्रिय सरकार निर्माणको पक्षमा छौ । त्यसकोलागी छिटै दलहरुवीच सहमति बन्नु पर्छ सहमति गरेर चैत बैशाख भित्र नयाँ निर्वाचन गर्नु पर्छ । छलफल घनिभुत भईरहेको छ । दलहरुले समस्या बुझेकोले सहमति बन्छ । उनले राष्ट्रिय सहमतिकोलागी आफ्नै नाम प्रस्ताव गर्दा सहमति बन्न नसक्ने र त्यसले राष्ट्रिय सहमति प्राप्त गर्न नसक्ने भन्दै सहमतिको सरकारको नेतृत्व सहमतिबाटै हुनु पर्ने जिकिर गरे । भ्रष्टाचारका आरोप लागेका श्रम मन्त्री कुमार बेल्बासे र उनी प्रतिनिधित्व गर्ने नेकपा मालेका महासचिव सीपी मैनालीलाई तत्काल सरकारबाट फिर्ता बोलाउन आफूले आग्रह गरिसकेको जानकारी दिदै प्रधानमन्त्रीले शनिवार भित्रै मन्त्रीबाट फिर्ता नभए आईतवार आफूले बर्खास्त गर्ने स्पष्ट पारे ।
प्रधानमन्त्रीले भने-आफै करेक्सन नगरे म एक्सन लिन्छु ।

चियापानमा नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले नेपाली जनताले संविधानसभा निर्वाचन मार्फत एकीकृत नेकपा माओवादीलाई ठूलो दल बनाउनु नै मुलुककोलागी विडम्बना भएको भन्दै माओवादी नेतृत्वको सरकारले मुलुकमा शान्ति संविधान सहमतिको राजनीति केही दिन नसक्ने ठोकुवा गरे ।
उनले सत्तारुढ दलको यस्तै गतिविधी जारी रहे भिषण निर्णायक आन्दोलन हुने चेतावनी दिदै विपक्षी दलको आन्दोलनको पक्षमा जनता छैनन भन्नेलाई असोज १९ गतेको एमालेको प्रर्दशनलाई हेर्न चुनौति दिए । खनालले सत्तापक्षलाई निषेध नगर्ने रणनीति स्वरुप आफूहरु बार्ताबाटै सहमति निकाल्ने प्रयासमा रहेको भन्दै माओवादी नै सहमतिको सरकार निर्माणको पक्षमा नरहेको आरोप लगाए । उनले भने-सरकार सहमतिको पक्षमा छैन । सत्तामा बुर्कुसी मारेर मात्रै बसिरहेको छ ।
नेपाली काग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवाले फेरि ६०१ सभासदलाई भत्ता खुवाउने गरी नभई सविधानको घोषणा गर्न एक दिनकोलागी संविधानसभा भन्दा पनि घोषणा सभाको रुपमा पुनःस्थापना गर्नु पर्ने तर्क गरे ।

उनले आफूले संविधानको घोषणा गर्न मात्रै पुनःस्थापनाको कुरा गरे पनि त्यसमा कुरा मिल्ने छाटकाट नदेखेको भन्दै पुनःस्थापना सहज बाटो भएको बताए । संविधान जारी भए पछि मात्रै राष्ट्रपतिको निर्वाचन हुन सक्ने भन्दै माओवादी अध्यक्षको राष्ट्रपति निर्वाचन सम्बन्धी प्रस्ताव निहूँ खोज्ने उपया मात्रै भएको जिकिर गरे । नेपाली काग्रेसका महामन्त्री प्रकासमान सिहले संविधानका विवादित विषयमा दलहरुवीच सहमति बन्नेमा आशंका ब्यक्त गर्दै नयाँ संविधान सभाको निर्वाचन सँगै विवादित विषयलाई समेत जनमत संग्रहमा लैजानु पर्ने धारणा राखे । उनले निर्वाचन गर्ने विषयमा प्याकेजमै सहमति गर्नु पर्ने भन्दै निर्वाचनमा जाने सहमतिबाटै मुलुकले निकास पाउने विश्वास ब्यक्त गरे ।
काग्रेसले सत्ता प्राप्तीकोलागी निर्वाचनकोलागी सहमतिको सरकारको वकालत नगरेको स्पष्ट पार्दै सिहले सहमतिको सरकारको नेतृत्वमा हुने निर्वाच्न मात्र निष्पक्ष हुन सक्ने तर्क गरे । उनले भने-सहमतिको बातावरण बनाएर निर्वाचनमा जानु पर्छ ।
राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष सुर्यबहादुर थापाले दलहरु समस्या समाधान गर्नकोलागी नलागेको भएर मुलुकले निकास नपाएको भन्दै समस्या समाधान नहुनुको दोषि प्रमुख दल भएको आरोप लगाए । भौतिक योजना तथा निर्माणमन्त्री हृदयेश त्रिपाठीले संघीयतावादी र एकात्मक शासनका पक्षधरहरुवीच मुलुक धु्रविकरण भएको भन्दै संघीयता सबैकोलागी तातो आलु भएकोले नेपाली जनताले संविधान पाउन नसकेको बताए ।
पूर्व संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले दलहरुको अहिलेको तालले मुलुकमा सहमतिको राजनीतिको सुरुवात हुन अझै लामो समय लाग्ने दावी गरे । उनले दलहरुले मुलुकको अवस्था र समयको गंभिरता बुझेकोले छिटै सहमति हुनेमा आशा समेत ब्यक्त गरे । क्लबका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा भएको चियापान कार्यक्रममा सरकारका मन्त्रीहरु विभिन्न राजनीतिक दलका नेताहरु नागरिक समाजका अगुवाहरु कलाकारहरु समाजसेवी उद्योगी ब्यवसायी कुटनीतिक नियोगका प्रतिनिधीहरुको उपस्थिति रहेको थियो ।
प्रधानमन्त्री पत्नी र पूर्व सेनापति कटुवालवीच घोच पेच
एनक्युखबर संवाददाता
काठमाडौ ४ असोज । दशै तिहार नेपाल संबत र छठ पक्षको अवसरमा रिपोर्टसर्ं क्लब नेपालले शनिवार राजधानीमा आयोजना गरेको चियापान सुभकामना कार्यक्रममा प्रधानमन्त्री पत्नी हिसिला यमि र पूर्व प्रधानसेनापति रुक्माङगद कटुवालवीच घोचपेचको जुहारी चलेको छ । प्रधानमन्त्री पत्नी यमीले देशमा धेरै राजनीति गर्न नहुने र त्यसो भए बर्तमान प्रधानसेनापति गौरब समशेर र पूर्व प्रधानसेनापति कटुवाल तीर देखाउँदै उहाँहरुले राजनीति गर्नु होलानी भनेर ब्यङग्य गरेकी थिईन ।
त्यसको जवाफमा पूर्व सेनापति कटुवालले तत्काले हामिलाई त पोलिटिक्सको प पनि आउँदैन भनेर भनेका थिए । तर बर्तमान सेनापतिले भने कुनै पनि जवाफ नदिई मुसुक्क हासेर विषयलाई विषयान्तर गर्ने प्रयास गरेका थिए ।
प्रधानमन्त्री पत्नीले कटुवाल चियापानमा आउनु भन्दा पहिला पनि प्रधानसेनापतिलाई देखाउँदै हामिले राजनीति धेरै नगरौ उहाँहरुले राजनीति गर्नु होला भनेर पटक पटक दोहोर्याएकी थिईन । जसमा समेत प्रधानसेनापतिले मुस्काउनु बाहेक कुनै प्रतिकि्रया दिएनन ।
Don't Miss
© all rights reserved
made with by netKUTI