भोला थापा क्षेत्री, दोहा— नेपाली कला केन्द्र कतारको ब्यानरमा निर्माण भएको गीति एल्बम अराइभलको विमोचन गरिएको छ । शुक्रबार दोहाको मन्सुरा मुमताजा पार्कनजिकैको नेपाली कला केन्द्रको हलमा राजदूत डा. मायाकुमारी शर्मालगायत अतिथिहरूको हातबाट विमोचन गरिएको हो । सस्थाका अध्यक्ष गौरब दर्पणको सभापतित्वमा रहेको कार्यक्रममा प्रमुख अतिथि हलमा राजदूत डा. मायाकुमारी शमा हुनुहुन्थ्यो भने विषेश अतिथीमा विभिन्न सस्थाका प्रतिनिधीहरुको वाक्लो उपस्थित रहेको थियो ।
कार्यक्रम सञ्चालन भूमिराज दाहालले गर्नुभएको थियो भने सस्थाका सल्लहाकार आशबहादुर गरुङले उपस्थितलाई स्वागत गर्दै आफ्नो सफलताप्रति खुसी जनाउनुभयो । ‘हामी यति छिट्टै सफल हुनुको कारण मिहिनेत र परिश्रमको एउटा प्रतिफल रहेको बताउनुभयो । उहा“ले ‘अराइभल’ले सबैको मन जित्ने विश्वाससमेत व्यक्त गर्नुभयो ।
यसैगरी कार्यक्रममा स्थानीय कलाकारले नेपाली गीत ‘पश्चिम कोई पूर्व घर….’ गाएर उपस्थित सबैलाई मनोरञ्जन दिलाएका थिए । यसैगरी कार्यक्रममा प्रमुख अतिथि डा. शर्माले शुभकामना मन्तव्य राख्नुभएको थियो । उहा“ले आफ्नो संस्कार आफ्नो संस्कृतिलाई प्रवासमा पनि सहानुभूत गरेकोमा खुसी व्यक्त गर्नुभयो ।
कार्यक्रममा गोरखा सेवा समाजका अध्यक्ष श्रीकृष्ण भट्टराईले संस्थालाई एल्बमको सफलतास“गै दसै“को शुभकामना व्यक्त गर्नुभयो । उक्त एल्बमको आफ्नै शब्द संगित रहेको मेरो गाउ“ नै प्यारो तिम्रो शहर भन्दा…. गीत गायक गौरव दर्पणले दर्शकलाई मनोरञ्जन दिलाए । अर्का गायक रामप्रसाद राईले आत्म हत्या गर्नेहरू एकपल्ट सोची हेर …..बोलको गीत गाएर दर्शकलाई अझ मनोरञ्जन दिलाए ।
कार्यक्रममा संस्थाले विभिन्न सहयोगी व्यक्तिलाई सम्मानपत्र तथा खादा ओढाएर सम्मान पनि गरेको थियो । संस्थाले विभिन्न कार्यक्रम गर्दै आइरहेको र हरेक महिनाको अन्तिम शुक्रबार स्वारमाला कार्यक्रमलगायत अहिलेसम्म पाँचवटा कार्यक्रम पनि गरिसकेको छ ।
संस्थाले पहिलो एल्बम ‘पाइला’को सफलतापछि दोस्रो एल्बम ‘अराइभल’ लिएर आएको छ, उक्त एल्बममा विभिन्न साहित्यकारको शब्द र गौरव दर्पणको आफ्नै संगीत रहेको छ । जसमा गौरव दर्पण, तुफान शान्त, चर्चित ढुंगेल, सविन सिंह, कल्पना भावुक, अविरल यात्री, श्याम लावती, जितेन्द्र मल्ल आदि छन् ।