काठमाडौँ, १६ असोज/ नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले आफना मागहरू शान्तिपूर्ण रूपमा सम्बोधन नभए बल प्रयोग गर्ने चेतावनी दिनुभएको छ ।
यद्यपि बल प्रयोग सशस्त्र वा नि:शस्त्र भन्नेबारे भने उहाँले केही खुलाउनु भएन । अखिल क्रान्तिकारीको १९औँ राष्ट्रिय सम्मेलनमा सम्बोधन गर्दै नेता वैद्यले एकीकृत माओवादीका अध्यक्ष पुष्पदाहाल प्रचण्ड र प्रधानमन्त्री डा. बाबुराम भट्टराई दिल्लीको इसाराविना चल्न नसक्ने बताउनुभयो ।
सिक्किमका राजाको प्रसंग ल्याउँदै उहाँले डा. बाबुराम नयाँ लेन्डुप प्रवृत्तिको व्यक्ति भएको आरोप लगाउनुभएको छ । साथै भट्टराईले भारतसामु झुक्ने तथा नेपालको राष्ट्रियतामाथि गम्भीर कुठाराघात गरिरहेको उहाँको आरोप थियो । पहिले भारतको विरोध गर्ने व्यक्ति अहिले आफैँ दिल्लीसँग झुकेको वैद्यको आरोप छ ।