सन्तोष दाहाल,
बहराइन— बैदेशिक रोजगारीको क्रममा हुने ठगी, दलाली मानव तस्करी चेलीबेटी बेचबिखनको बिरुद्ध शंघर्ष गरौ । शिपमुलक तालिम प्राप्त गर योग्य, दक्ष बनेर मात्र बैदेशिक रोजगारीमा जाने नीति बनाउन पहल गरौं । भन्ने मुल नाराको साथमा नेपाली जनप्रगतिशील मोर्चा बहराइनको ऐतिहासीक दोस्रो महाधिवेशन भब्यताका साथ नेपाली क्लबको सभा हलमा यहि मिति ५ तारीक सम्पन्न भयो ।
मोर्चाका महासचिव नन्द शाहीले सञ्चालन गर्नु भएको उक्त कार्यक्रमको अध्यक्षता मोर्चाका प्रथम उपाध्यक्ष तथा अधिवेशन आयोजक समितिका संयोजक प्रकाश दर्नालले गर्नु भएको थियो । भने ने.क.पा. माओवादीका पोलिट व्यूरो सदस्य तथा अन्तराष्ट्रय व्यूरो ईन्चार्ज धमेन्द्र राज बास्तोला (क. कञ्चन) सो अधिवेशन कार्यक्रमका प्रमुख अतिथि हुनुहुन्थ्यो ।
साथै नेपाली क्लब बहराइनका अध्यक्ष दुर्गा गिरी कार्यक्रमका बिशेष अतिथि हुनुहुन्थ्यो । भने बहराइनका बिभिन्न संघ संस्था बाट पाल्नु भएको प्रतिनिधिहरु अतिथिको रुपमा रहनु भएको थियो । कार्यक्रममा उपस्थित अतिथिहरु तथा अन्य उपस्थित सबैलाई मोर्चाका उप संयोजक भिम केरुङ्गले स्वागत मन्तव्य द्धारा स्वागत गर्नु भएको थियो । गायक कलाकार प्रेम थापा र बुद्ध बीकले गीत द्धारा सबैलाई स्वागत गर्नु भएको थियो । साथै पुष्प धमलाको क्रान्तिकारी नृत्यले सबैलाई आकर्शीत बनाएको थियो ।
त्यसै गरी बिभिन्न संघ संस्थाका प्रतिनिधिहरुले शुभकामना मन्तव्य दिने क्रममा बहराइनमा नेपाली दुताबास रहन अति आवश्यक भएको कुरा अवगत गराउनु भएको थियो । भने नेपाली क्लबका अध्यक्ष दुर्गा गिरीले नेपाली दुताबास नभएको अवस्थामा बहराइन सरकार द्धारा इजाजत प्राप्त नेपाली क्लबनै नेपाली मजदुरहरुको समस्या समाधान गर्ने माध्यम बनेको अवस्थामा नेपालमा रहेको सम्बन्धित निकायका कर्मचारीहरु भने नेपाली क्लबको सिफारीस भन्दा पनि नेपालमा रहेका दलालहरुको कुरालाई मान्यता दिने गरेको गुनासो गर्नु भयो ।
कार्यक्रमको अन्यतीर प्रमुख अतितिको आशनबाट बोल्ने क्रममा वैदेशिक रोजगारीको लागि विदेश जान वाध्य बन्नु पर्ने कारणको पछाडी नेपालको गरीबी, बेरोजगारी र राजनीतीक अस्थिरता प्रमुख रहेको र यदि नेपालमा प्रयाप्त मात्रमा रहेको जल सम्पदा, बन सम्पदा, भु–सम्पदा र खनिज पदार्थहरुको सही मात्रमा सञ्चालन र सदुपयोग गर्ने हो भने, नेपालका श्रमजीवी र मेहनती जन शक्ति विदेशीएर तल्लो दर्जाको नागरिक सरह अपहेलित, अपमानित भएर बस्नु पर्ने थिएन ।
भन्दै जलश्रोतको धनी देश नेपालमा दुईलाख मेघावट जल विधुत निक्लने सम्भावना रहेको र यदी त्यसो गर्न सके नेपाली जनताले विदेश गएर अर्काको बन्धक कैदी जस्तो आधुनिक दाष बन्नु पर्ने थिएन । भन्ने कुरा व्याख्या गर्नु भयो ।
तत्पश्चात सभापतिले सभा विर्षजन गरको घोषण संगै बन्द सत्रको कार्यक्रम शुरु भएको थियो । र बन्द सत्रको कार्यक्रमको शुरुमा राजनैतिक तथा आर्थिक प्रतिवेदन पढेर सुनाइएको थियो ।
बन्द सत्र कार्यक्रमको दोस्रो चरणमा मोर्चाका अधिवेशन प्रतिनिधिहरुको सर्वसम्मत बाट मोर्चाका प्रथम उपाध्यक्ष तथा अधिवेशन आयोजक समितिका संयोजक प्रकाश दर्नालको अध्यक्षतामा ३१ सदस्य नयाँ कार्य समिति गठन गरियो । जसमा उपाध्यक्षहरु भिम सुब्बा केरुङ्ग र पञ्च चेम्जोङ्ग, महासचिव नन्द शाही, सचिवहरु बिष्णु खनाल र दिल थाम्सुहाङ्ग, सह–सचिव सन्तोष राई, कोषाध्यक्ष कृष्ण सुब्बा, सह–कोषाध्यक्षहरु धन बिक र घनश्याम शाही ।
सदस्यहरु ः– लय पयाङब्बु, राजिब सुनार, तुलसी अधिकारी, राजु किराँती, पुष्प धमला, बुद्धराज बिक, दल बहादुर बराइली, अर्जुन बराइली, जितनाथ रेग्मी, कर्ण राना, बिर बहादुर मोक्तान, रवी दराई, पावल बिक, रमेश लिम्बु, पदम बोहरा, मनु सुब्बा, मेरिका चेम्जोङ्ग, हरि श्रेष्ठ, प्रेम बहादुर थापा, राम चन्द्र परियार र योङ्गजुङ श्रेष्ठ हुनुहुन्छ । त्यस्तै गरेर सल्लाहकारमा प्रमुख सल्लाहकार राम चन्द्र पैडेल, वरिष्ठ सल्लाहकार फडिन्द्र न्यौपाने, विशेष सल्लाहकार मान बहादुर ओली र सल्लाहकारहरु बिमल दर्नाल, नन्द दर्नाल, मानबिर राई, मान बहादुर गुरुङ्ग, सचिन भट्ट, कृष्ण बिक र आसिम लिम्बु रहनु भएको छ । नव गठीत मार्चाका केन्द्रिय पदाधिकारीहरुलाई प्रमुख अतिथिले शुभकामना तथा बधाई दिनु भएको थियो ।