काठमाडौं – अमेरिकाले
गएको अक्टोवर ३ तारिख देखि नोभेभ्वर २ तारिखसम्म फर्म भर्नुपर्ने गरी
ईडिभी खुल्ला गरेको छ । त्यसैले ईडिभी भरिदिने कार्यालयहरुमा अहिले ठूलै
भीड लागिरहेको छ । ईडिभीका बारेको अन्यौल र डिभी परेपछि अमेरिका जाने
प्रकृया कस्तो हुन्छ ? अमेरिका लगेपछि अमेरिकी सरकारको दायित्व हुन्छ की
हुन्न ?
यि र यस्तै बिषयमा हामीले नेपालमा रहेको अमेरिकी दुतावासकी कन्सुलर अधिकृत एमा र उहाँका नेपाली सहकर्मी विष्णु देवानसँग देश बिदेशमा रहेका नेपालीका जिज्ञासालाई सोधेको थियौं ।
ईडिभी भनेको केहो र यो किन खोलिन्छ ?
ईडिभी भनेको केहो र यो किन खोलिन्छ ?
उत्तर : यो
आप्रवासीलाई अमेरिकामा भिसा दिने एउटा कार्यक्रम हो । यो कार्यक्रम
अमेरिकाको कानुनमा नै उल्लेख गरिएको छ । अमेरिकामा आप्रवासी जनसंख्यामा
बिबिधता ल्याउनका लागि यो कार्यक्रम सञ्चालन गरिएको हो ।
प्रश्न : (महेन्द्र पाण्डे,
कैलाली) – ईडिभी कुन कुन ठाउँबाट भर्न सकिन्छ ? ईडिभी पर्यो भने अमेरिका
जान कति खर्च लाग्छ ? के कस्ता कामहरु पाइन्छ, भिसा प्रक्रिया कस्तो हुन्छ
?
उत्तर : यो अमेरिका जाने चिठ्ठा प्रणाली हो, नेपालभित्र र नेपालबाहिर जहाँबाट पनि इडिभी फारम भर्न सकिन्छ । www.dvlottery.state.gov
मा गएर डिभी भर्न सकिन्छ । त्यसपछि कन्फर्मेसन नम्वर आउँछ, त्यो तपाईको
स्टाटस जाँच गर्नका लागि हो, त्यसैले यो एकदम महत्वपूर्ण हुन्छ ।
अमेरिकी सरकारले भिसामात्र दिने हो अरु
खर्च आफै बेहोर्नुपर्छ । काम खोज्ने जिम्मेवारी पनि तपाईको नै हो । डिभीको
सबै प्रक्रिया निःशुल्क हुन्छ, अन्तर्वार्ता प्रक्रियामा भने सेवा शुल्क
तिर्नुपर्छ ।
प्रश्नः मिलन शर्मा, कतार – ईडिभी भर्न उमेर र शैक्षिक योग्यता कति चाहिन्छ ?
उत्तर : उमेर
निश्चित गरिएको छैन । १२ कक्षा पढ्दै हुनुहुन्छ भने इडिभी फर्म भर्न
सक्नुहुन्छ । यदि डिभी पर्यो भने अन्तर्वार्ता दिने बेलामा तपाई १२ कक्षा
उतीर्ण भएको हुनुपर्छ ।
प्रश्नः ईडिभी परेर अमेरिका गएपछि उसले के गर्नुपर्छ ?
उत्तर : अमेरिका
पुगेपछि ३ हप्तादेखि ३ महिनासम्म तपाईले दिएको ठेगानामा ग्रिनकार्ड आउँछ ।
सोसियल सेक्युरिटी कार्ड पनि आउनुपर्छ, नआए जुन राज्यमा बस्नुहुन्छ
त्यहाँको सोसियल सेक्युरिटी अफिसमा गएर सोसियल सेक्युरिटी नम्वर लिने
प्रक्रिया शुरु गर्नुपर्छ । यो नम्वर अनिवार्य चाहिन्छ ड्राइभिङ लाइसेन्स
बैङ्क एकाउण्टका लागि नभई हुँदैन ।
प्रश्न : डिभी परेको फष्ट लेटर आएको लामो समयसम्म सेकेण्ड लेटर किन आउँदैन ?
उत्तर : डिभी परेको मान्छेलाई फष्ट लेटरमा केस नम्वर दिइएको हुन्छ । केस नम्वर सही छ की छैन भनेर www.travel.state.gov मा गएर भिसा बुलेटिन हेरेर जानकारी लिन सकिन्छ ।
प्रश्नः (सुरेश पौडेल, बुटवल)
डिभी परेर अमेरिका जान नपाएकाहरु धेरै छन् गरिब देशका मान्छेको अझ पैसा
खाइदिएर झन् गरिब बनाउने तपाईहरुको नीति हो ?
उत्तर : डिभी चिठ्ठा
पर्दैमा अमेरिकाको भिसा पाउनुहुने छैन । डिभी परेपछि अन्तर्वार्ताको
प्रक्रिया हुन्छ, कन्सुलर अफिसरले अन्तर्वार्ताको क्रममा योग्यता र कागजात
जाँच गरिसकेपछि मात्रै तपाईले डिभी भिसा पाउनुहुनेछ ।
प्रश्नः (दिपक माझी, ललितपुर) अपाङ्गता भएकाले डिभी परेपछि जान पाउँछन् की पाउँदैनन् ?
उत्तर : अपाङ्गता भएपनि डिभीको सबै प्रक्रिया पूरा गर्नुभएमा अमेरिका जान पाइन्छ ।
प्रश्नः (नवराज पौडेल
काठमाडौ) अमेरिकाले चिठ्ठा भराएर गरिब मुलुकबाट नागरिक लैजानुको कारण के
हो ? जनसंख्या थोरै भएर हो वा अदक्ष कामदार चाहिएर हो ?
उत्तर : अमेरिका
बिबिधता भएको राष्ट्र हो । डिभीले विविधताको कार्यक्रमलाई अगाडि बढाउँछ ।
बिभिन्न देशबाट यसरी नै नागरिकहरु अमेरिका लगेर नागरिकहरुमा विविधता
बनाउने गरिन्छ ।
प्रश्नः (रत्न न्यौपाने, चितवन) एसएलसी पास भएकाहरु मात्रै पनि अमेरिका गएका छन् । कसरी जान पाउँछन् ?
उत्तर : कसैले कामको
आधारमा पनि भिसा पाउन सक्छन् । कति वर्ष काम गरेको छ ? कस्तो अनुभव
संगालेको छ ? त्यसको आधारमा भिसा पाउन सक्छ । तर कामको आधारमा भिसा पाउन
निकै गाह्रो छ ।
प्रश्न : (नारायण अधिकारी,
कतार) श्रीमान र श्रीमतीमध्ये एकजनाले डिभी भर्दा हुन्छ की हुँदैन ?
दुबैजनाले भरेमा पनि एकजनालाई परेमा दुबैजना जान पाउँछन् की पाउँदैनन् ?
उत्तर : जसले पनि
डिभी भर्दा आफ्नो परिवारका सबै सदस्यहरुको विवरण अनिवार्य रुपले भर्नुपर्छ
। परिवार र छोराछोरीको विवरण राम्रोसंग भर्नुभएको छ भने जसलाई परेपनि
परिवारका सबै सदस्य जान पाइन्छ ।
प्रश्न : डिभी परेको कति समयमा अमेरिका पुग्न सकिन्छ ?
उत्तर : डिभीको
चिठीमा अन्तर्वार्ता कहिले हुन्छ भन्ने स्पष्ट लेखिएको हुन्छ । आवश्यक
कागजात र मेडिकल रिपोर्ट पनि तयारी अवस्थामा राख्नुपर्छ । अन्तर्वार्ता
लिएपछि मात्र अमेरिका जाने नजाने निधो हुन्छ । सबै प्रक्रियाका लागि
लाग्ने समय भने निश्चित हुँदैन ।
प्रश्न : अविवाहित महिलाहरु जान पाइन्छ की पाईदैन ?
उत्तर : इडिभी भर्नलाई अविवाहित र विवाहितले फरक पर्दैन, न्युनतम योग्यता पुगेको हुनुपर्यो, स्वस्थ हुनुपर्यो ।
प्रश्न : डिभी फर्म भर्दा के कुरामा ध्यान दिनुपर्छ ?
उत्तर : परिवारका
सम्पूर्ण सदस्यको विवरण उल्लेख गर्नुपर्छ । २१ वर्षमुनीका अविवाहित
छोराछोरीको विवरण पनि भर्नुपर्छ । नेपाल बाहेक अरु देशमा १ वर्षभन्दा बढी
बसोवास गर्नेले आफू वसोवास गरेको देशको पुलिस रिपोर्ट पनि ल्याउनुपर्छ ।
डिभी परेपछि स्पोन्सर लेटर चाहिने होइन । ग्रिनकार्ड पठाउनुपर्यो भने वा
कुनै पत्राचार गर्नुपर्यो भने कहाँ पठाउने भनेर ठेगाना सोधिएको मात्र हो,
त्यसैले यसबारेमा धेरै नझुक्कीनु होला ।
गत बिहिवारको कार्यक्रम बदलिंदो नेपालमा गरिएको कुराकानीमा आधारित । अडियो सुन्न यो लिंकमा क्लीक गर्नुहोला ।
SOURCE:http://ujyaaloonline.com/index.php?pageName=news_details&catId=23&id=12898