नेपाल खबरहरू
प्रचण्ड युरोप जादै ।
काठमाडौ असोज २५ गते । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज बेल्जिम जाँदै हुनुहुन्छ । चार सदस्यीय टोलीसहित उहाँ आज राति ९ बजे वेल्जियम जाने कार्यक्रम रहेको छ ।
प्रचण्डले बेल्जियमस्थित नेपाली जनप्रगतीशिल मोर्चाको कार्यक्रममा भाग लिनुका साथै युरोपेली संसद र आयोगलाई सम्बोधन गर्नुहुनेछ । उहाँले त्यहाँ राजनीतिक संक्रमणकालीन अवस्थाको विषयमा हुने छलफलमा भाग लिनुहुने प्रचण्ड निकट स्रोतले जानकारी दिएको छ ।
पार्टीका अन्तर्राष्ट्रिय ब्युरो सदस्य युवराज चौलागाईका अनुसार प्रचण्डले त्यहाँ पर्र्सी २७ र २८ गते नेपाली संस्थाहरुले गरेको कार्यक्रममा भाग लिनुहुने छ । असोज मसान्त भित्र सहमति खोज्ने सहमति गरेका अध्यक्ष प्रचण्डनै पाँच दिन लामो विदेश भ्रमणमा निस्कन लागेकाले सहमतिको प्रयास अब कार्तिक लागेपछि मात्रै हुने छ ।
नमिलेका बिषलाई जनमत संग्रहमा लाने र ताजा जनादेशमा जाने सहमति भए कांग्रेस संबिधान सभा पुर्नस्थापनाका लागि तयार–नेता केशी
काठमाण्डौ असोज २५ गते । नेपाली कांग्रेसका नेता अर्जुननरशिंह केसीले संबिधान निर्माणका क्रममा बिबाद मिलाउन बाकी रहेका बिषयलाई जनमत संग्रहमा लाने र ताजा जनादेशमा जाने सहमति भए नेपाली कांग्रेस सबिधानसभा पुर्नस्थापनाका लागि तयार हुने बताउनु भएको छ ।
नेपालबाणी नेटवर्क संग कुरा गर्दै उहाले अहिले संबिधान सभा पुर्नस्थापना भए पुनह हिजो कै समस्या दोहोरीने बताउनु भयो ।
नेता केसीले अहिले राजनितिक सहमति जुटाउने र देशलाई अन्यौलको भुमरीबाट मुक्त गर्न लागि नमिलेका बिषयलाई जनमत संग्रहमा लाने र ताजा जनादेशमा जानुु बाहेक अर्को बिकल्प नभएको बताउनु भयो ।
उहाले यो बाहेका सहमतिको अर्को बाटो नभएको र अलाक तान्त्रीक बाटोबाट हुने कुनैपनि सहमति नेपाली कांग्रेसले नगर्ने दाबी गर्नु भयो ।
ताजा जनादेशमा जाने कि पुर्नस्थापना गर्ने भन्ने बिषयमा कांग्रेस भित्रपनि मतभेद देखिएको छ ।
सचिव नियुक्ति लगायतका बिषयमा निर्णय गर्न मन्त्रीपरीषद बैठक बस्दै,ज्युदा सहिद रामहरी जोसीलाई
राष्ट्रीय सम्मान दिईने एक मन्त्रीको खुलासा
काठमाण्डौ असोज २५-ठूलो संख्यामा रीक्त हुन पुगेका बिभिन्न मन्त्रलायका सचिव पदमा नियुक्ती र बढुवा लगायतका निर्णय गर्न आज मन्त्री परीषद बैठक बस्ने भएको छ ।
मुख्य सचिव नियुक्तीमा बिबाद आएपछि असन्तुष्टी जनाउदै राजिनामा दिएका सचिवहरुको रीक्त पद र दुई दिन अघि मात्र सेवा अवधी पुरा गरी अवकास पाएका सचिवहरुको रीक्त पदमा नियुक्ति र बढुवा गर्न आज मन्त्री परीषदको बैठक बस्न लागेको हो ।
बैठक आज बिहानै बस्ने भनिएपनि केहि मन्त्रीहरु अझै उपत्यका बाहिर रहेकाले अहिले सम्म बैठकबस्ने समय तय भैनसकेको बन मन्त्री यदुबंस झाले नेपालवाणी नेटवर्क लाई जानकारी दिनु भयो ।
मन्त्री झाले ज्युदा सहिद रामहरी जोसीलाई समयमै सुचना नपाउदा राज्यले समय अगाबै सम्मन दिन नपाएको गुनासो ब्यात्त गर्दै यसबारे मन्त्रीपरीषद क्षमा याचना गर्दै सम्मान दिने बताउनु भयो ।
केहिदीन अघि मात्र नेपालका गणतन्त्र बादी नेता रामराजा प्रशाद शिंह राष्टीय सम्मान दिएर ज्युदा सहिद जोशी लाई सम्मान नदिन ईतिहास कै अपहेलाना हुने भन्दै मन्त्री झाले आजको मन्त्रीपरीषद बैठकले उहालाई उच्च स्थानको सम्मान दिने दाबी गर्नुंभयो । ज्युदा सहिदको नाम दिइएका जोशीको हीजोमात्र अन्तेष्टी गरीएको थियो ।
आज विश्व बालिका दिवस
काठमाडौं, असोज २५ गते । संयुक्त राष्ट्र संघको आह्वानमा आज पहिलो पटक विश्वभर अन्तराष्ट्रिय बालिका दिवस मनाईदै छ । नेपालकी एक पूर्व कम्लहरी बालिका सहित विश्वका ४ जना बालिकाले उद्घाटन गरेपछि आजबाट औपचारिक रुपमा बालिका दिवसको सुरुवात गर्न लागिएको हो ।
दाङ गढुवा ६, मानपुरकी पूर्व कम्लरी उर्मीला चौधरीले अमेरिकाको न्युयोर्कमा आयोजना हुने म बालिका भएकीले नामको पाँच बर्षे विश्वव्यापी अभियानको उद्घाटन गर्दै छन् । उर्मीला सहित चार बालिकाले कार्यक्रमको उद्घाटन गरेपछि अब हरेक बर्षको अक्टोबर ११ तारिखलाई विश्व बालिका दिवसको रुपमा मनाईने संयुक्त राष्ट्रसंघले जनाएको छ ।
कार्यक्रममा उर्मीलाले आफ्ना अनुभव सुनाउने छन् । उर्मीला पढ्ने उमेरमा कम्लहरी बस्न बाध्य भएकी दाङ्की एक बालिका हुन् । उनी अन्तराष्ट्रिय संस्था प्लानको सहयोगमा कम्लहरीबाट मुक्त भई अहिले कक्षा १२ मा अध्ययन गर्दैछन् ।दिवसका अवसरमा बालबालिकासंग सम्बन्धीत संघसंस्थाहरुले बिभिन्न कार्यक्रमको आयोजना गरेका छन् ।
आज विश्व दृष्टि दिवस
काठमाडौ असोज २५ गते । आज विश्व दृष्टि दिवस विभन्न कार्यक्रम गरी नेपालमा पनि यो दिवस मनाईदै छ । संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक बर्ष अक्टोबर महिनाको दोस्रो साताको विहीबार यो दिवस मनाउने गरिन्छ । दिवसकै अबसर पारेर राजधानीमा आज विहान प्रभातफेरी गरिएको छ । भृकुटीमण्डपबाट सुरु भएको ¥यालीले नगरका विभिन्न भागको परिक्रमा गरेको थियो । सन २००४ बाट यो दिवस मनाउन थालिएको हो ।
विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा ३१ करोड ४० लाख मानिसको दृष्टि क्षमता कमजोर पाइएको छ । जसमध्य ४ करोड ५० लाख मानिस पूर्णरुपमा दृष्टिविहीन रहेका छ । हाल नेपालम करिब २ खाल ७० हजार भन्दा बढि मानिसहरु अन्धोपन र १ लाख बढि दृष्टिविहिन रहेको तथ्यांक छ । ती मध्य सबैभन्दा बढी आँखाको रोगमा मोतिविन्दु देखा पर्ने गरेको छ । मुलुकका २१ वटा अस्पताल र विभिन्न गैह्रसरकारी संस्थाहरुले आँंखाको उपचारसम्बन्धी सेवा प्रदान गर्दै आएका छन् । अहिले २ सय बढि नेत्र बिशेषज्ञ र ४ सबय बढि नेत्र सहायकहरुले आँखाका्े उपचार सेवा दिइरहेका छन् ।
पछिल्लो समय आँखाको उपचार सर्बसुलभ भएपनि ग्रामिण भेगमा आँखासम्बन्धी रोगबारे जनचेतना नहुदा अन्धोपनकोको समस्या भने बद्दै गएको छ ।
नुवाकोटमा आठदिन देखि बस सेवा बन्द
जगदीश खनाल
नुवाकोट, असोज २५ गते । नुवाकोटको पूर्वी भेगमा सञ्चालन भइरहेका सार्वजनिक यातायातका साधनले सरकारी मापदण्ड भन्दा बढी भाडा लिएको जनाउँदै सर्वसाधारणले नुवाकोटको छहरेदेखि पश्चिमतर्फ सञ्चालन हुने बससेवा बन्द गराएका छन् । त्
त्यस क्षेत्रमा विगत तीन वर्षदेखि नियमित बससेवा सञ्चालन गर्दै आएको झोर–छहरे–कविलास बस समितिले सरकारी दरभन्दा बढी भाडा लिएको कारण स्थानीयवासीले आठ दिनदेखि बससेवा बन्द गराएका हुन् ।
बस समितिले यात्रुहरुसँग काठमाडौंदेखि छहरेसम्मको एक सय ३० रुपैयाँ र छहरेदेखि कविलास हुँदै पञ्चकन्या गाविस सम्मको एक सय ६५ रुपैयाँ लिएकोमा सो भाडादर सरकारी भाडादरभन्दा बढी भएको कारण बससेवा बन्द गराइएको बताईएको छ ।
सरकारी भाडादर अनुसार प्रति किलोमिटर २ रुपैयाँ ३५ पैसा लिनु पर्नेमा झोर समितिले यात्रुहरुसँग ३२ किलोमिटर दुरीको त्यसको दोब्बर एक सय ६५ रुपैयाँ लिएपछि बससेवा बन्द गरिएको स्थानीयवासीको भनाई छ ।
सरकारी दरअनुसार भाडा लिने प्रतिबद्धता नजनाएसम्म बससेवा सञ्चालन गर्न नदिइने स्थानीयवासीले वताएका छन् ।
सवारी नियम उलंघन गर्ने ११४ जना कारबाहिमा
चितवन , असोज २५ गते । चितवनको विभिन्न स्थानमा गएराती जिल्ला प्रहरी कार्यलय र जिल्ला ट्राफिक प्रहरी कार्यलयको संयुक्त टोलीले चेक जाच गर्दा १ सय १४ जना सवारी नियम उल्ङघन गर्ने सवारी चालक कारबाहिमा परेका छन ।
उनीहरुबाट २५ हजार ४ सय ५० राजश्व संकलन भएको छ । चेकजाचमा कडाई गरेपछि सवारी दुर्घटनमा कमी आएको प्रहरीले दावी गरेको छ । यस्तै मादक पार्दाथ सेवन गर्ने ११ जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएर कारबाहि गरेको छ ।
अन्तराष्ट्रिय खबर
समृद्ध बन्दैछ भारत
काठमाडौं, २५ असोज ।
हालै सार्वजनिक भएको एक प्रतिवेदनले छिमेकी मुलुक भारतमा आगामी ५ बर्ष भित्र ८४ हजार व्यक्ति करोडपति हुने बताएको छ ।
केडिट सुईस रिसर्च इन्स्टिीच्युटले तयार गरेको ग्लोबल वेल्थ प्रतिवेदनले यस्तो जनाएका हो । तथ्यांक अनुसार भारतमा करोडपतिको संख्या सन् २०१७ सम्म हालको भन्दा ५३ प्रतिशतले बृद्धि हुनेछ ।
भारतमा उदाउदो अर्थ व्यवस्थाका कारण मानिस समृद्ध बनीरहेको उक्त अनुसन्धानले देखाएको छ । चीनमा सन् २०१७ सम्ममा २० लाख मानिस करोडपति हुने प्रतिवेदनको भनाई छ ।
मलालाको हत्या प्रयास बारे जानकारी गराउनेलाई एक करोड
एजेन्सी २५ असोज
पाकिस्तानी किशोरी मलाला युसुफजईलाइ आग्रमण गर्ने बारे जानकारी गराउनेलाई पाकिस्तानले एक करोड पाकिस्तानी रकम उपलब्ध गराउने घोषणा गरेको छ ।
अन्तर्राष्ट्रिय शान्ति पुरस्कारका लागि मनोनित बालिका युसुफजइलाई तालिवानी विद्रोहीले गोली हानी गंभिर घाइते बनाएका थिए ।
टाउकोमा गोली लागेकी उनको सफल सल्यक्रिया पछि अवस्था खतरामुक्त रहेको चिकित्सकले बताएका छन् ।
पाकिस्तानमा सबैका लागि शिक्षा अभियानमा सक्रिय रहेकी १४ बर्षीया मलालालाई गत मंगलबार विद्यालयबाट घर फर्कने क्रममा तालिवानी लडाकुले गोली हानी हत्या प्रयास गरेका थिए । घटनामा संम्लग्नका बारेमा सत्य तथ्य जानकारी गराउने लाई एक करोड रुपैया दिने घोषणा पाकिस्तानले गरेको बिबिसीले जनाएको छ । घटनापछि पाकिस्तान र अमेरिकाले तालिवानको कडा आलोचना गरेका छन् । मलालाले सन २००९ मा ११ वर्षको उमेरमा नै तालिवानको छायाँमा रहेको जिन्दगी शीर्षकमा डायरी लेखेकी थिईन् । सोही डायरीका लागि उनलाई शान्ति पुुरस्कारकालागि मनोनित गरिएको हो ।
खेलकुद
एनसेल कपको अन्तिम सेमीफाइनल आज
काठमाडौ असोज २५ गते । राजधानीमा जारी सर्वाधिक पुरस्कार राशीको एनसेल कप फुटब अन्र्तगत आज अन्तिम सेमीफाइनलमा मनाङ मस्र्याङदी र विभागिय टिम नेपाल पुलिस क्लब भिड्दै छन् ।
आजको विजेताले उपाधीकालागि रानीपोखरी कर्नर टिम आरसीटिको सामना गर्ने छ । त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा दिउसो सवा २ बजेबाट सेमीफाइनलको खेल हुने छ । क्वाटर फाइनलमा पुलिसले संकटा र मनाङले सशस्त्र प्रहरीको एपिएफलाई पराजित गर्दै सेमीफाइनलमा स्थान बनाएका हुन ।
हिजो भएको पहिलो सेमीफाइनलमा भक्तपुरे क्लब मध्यपुर युथ एसोसिएसनलाई २ – ० गोलले पराजित गर्दै २०५७ साल पछि पहिलो पटक आरसिटि फाइनलमा पुगेको हो । मध्यपुर पराजित भएपनि एक लाख रुपैया हात पारेको छ । ए डिभिजन लिगका १६ टिम सहभागि यस प्रतियोगिताको उपाधी विजेताले १५ लाख उप बिजेताले ७ लाख र सेमीफाइनल पुगेका अरु दुई टिमले एक एक लाख रुपैया पाउने छन् ।
नेपाल र युएई भोली फाइनलमा भिड्ने।
एजेन्सी असोज २५ गते । मलेसियालाई २१ रनले पराजितगर्दै नेपाल युएईमा जारी एसीसी इलाइट कप क्रिकेटको फाइनलमा पुगेको छ । लगतार दोस्रो पटक फाइनलमा पुगेको नेपालले भोली युएईको सामना गर्ने छ । युएईपनि साविक विजेता अफगानिस्तानलाई ८ विकेटले पराजित गर्दै फाइनलमा पुगेको हो । यसैप्रतियोगितामा मात्रै नेपाल र युएई २ पटक भिड्ने भएका छन् । लिग चरणमा नेपालले युएईलाई ४ विकेटले पराजित गरेको थियो ।
लिग चरणमा पारजित गरिसकेकालाई नेपाली खेलाडिको मनोबल भने उच्च रहेको छ । तर क्रिकेटमा केही भन्न नसकिने भएकाले नतीजा जस्तोपनि निस्कन सक्ने नेपाली क्रिकेट टोलीका सदस्यहरुले बताएका छन् । नेपालले बलियो प्रतिद्धन्दी मानेको अफगानिस्तान बाहिरिसकेकाले उपाधी भिडन्त सहज भएको अनुमान भने लगाइएको छ ।