Responsive Ad Slot

latest

समलिङ्गीका लागि नयाँ एप्लिकेशन

Wednesday, October 3

/ by Unknown

असोज १७ - स्मार्टफोनका लागि नयाँ नयाँ एप्लिकेशन आउनु कुनै नौलो कुरा होइन तर हङ्कङ्मा नयाँ किसिमको एप्लिकेशन आएको छ ।
हङ्कङ्मा बस्ने ब्रिटेनका एक उद्यमी पौल रेमस्कारले यो अनौठो एप्लिकेशन बनाउनु भएको हो ।
यो एप्लिकेशनले समलिङ्गी प्रति राम्रो धारणा राख्ने व्यवसायिक संस्थालाई समलिङ्गी, तेस्रो लिङ्गी र बाइसेक्सुयल ग्राहकसँग जोड्ने काम गर्छ ।
यो एप्लिकेशनलाई पिन्क डलर नाम दिइएको छ । व्यवसायिक संस्थाहरु अगाडी यो एप्लिकेशनको लिस्टमा आउँछन्, त्यसपछि समलिङ्गी र तेस्रो लिङ्गी प्रयोगकर्ताले ती संस्थाहरुलाई स्तर निर्धारन गर्छन् ।
पिन्क डलर सुरुमा एप्पलको आईफोनमा मात्र चल्छ । यसको एनड्रोइड भर्सन भने तयार हुदैं छ ।
यसलाई तयार गर्ने व्यक्ति पौल रेमस्कारले भन्नुभयो “यो एउटा एप्लिकेशन मात्र होइन । यसको पछाडी एउटा कारण छ । म युरोपमा बस्थे जहाँको सस्कृति अलग थियो । त्यहाँ स्वतन्त्रता थियो । तँपाई खुल्ला रुपमा घुम्न सक्नु हुन्छ । जो कोहीसँग हात समाएर हिड्न सक्छन् । कुनै बन्देज छैन तर हङ्कङ्मा यो स्थिती छैन ।”
लौरा डउग्टी समलिङगी सम्बन्धी एउटा समुह लेस्बीयन स्टोनभोलको सह मुख्य कार्यकारी हुनुहुन्छ ।
उहाँ भन्नुहुन्छ “समलिङ्गी र तेस्रो लिङ्गीलाई एक आपसमा जोड्ज प्रविधिले ठुलो भुमिका खेल्छ । इन्टरनेटको माध्यमबाट उनीहरुलाई हरेक कुरामा खोज्न सजिलो भएको छ । चाहे त्यो नेटवर्किङको कुरा होस् या व्यवसायीक संस्थाको कुरा ।”
पिन्क डलर एप्लिकेशनलाई ब्रिटेनमा ८१ अरब पाउन्ड मुल्य तोकिएको छ ।
योसँगै ग्रिन्डर नामको एउटा एप्लिकेशन पनि सन् २००९मा बनेको थियो । यो एप्लिकेशनले समलिङ्गीहरुका लागि डेटिङ नेटवर्कको काम गरेको थियो ।
Don't Miss
© all rights reserved
made with by netKUTI