१८ असोज, काठमाडौं । उपराष्ट्रपति परमानन्द झा आज भारत जानु हुने भएको छ ।
उहाँ ब्रहृमकुमारी राजयोग सेवा केन्द्रको
अन्तर्राष्ट्रिय मुख्यालय माउण्ट आबु, राजस्थान भारतको निमन्त्रणामा आजदेखि
२१ गतेसम्म माउण्ट आबु, राजस्थानमा हुने अमृत महोत्सव-प्लेटिनम जुब्ली)को
समापन समारोहमा भाग लिन जान लाग्नु भएको हो ।
सात सदस्यीय भ्रमण टोलीमा उपराष्ट्रपतिकी पत्नी नविना झा, उपराष्ट्रपति कार्यालयका सचिव हरिप्रसाद नेपालसमेतको सहभागिता रहनेछ ।
कार्यक्रममा सहभागी भई उपराष्ट्रपति
भारतको बाराणसी हुँदै असोज २१ गते स्वदेश र्फकने कार्यक्रम रहेको
उपराष्ट्रपतिको कार्यालयले जनाएको छ ।