च्याम्पियन्स लिग फुटबल
असोज १८
च्याम्पियन्स लिग फुटबलमा स्पेनिस जाइन्ट रियल मड्रिडसँगै आर्सनलले लगातार दोस्रो जित हात पारेका छन् । म्यानचेष्टर सिटीले भने बराबरी खेलेको छ ।
ग्रुप अफ डेथ मानिएको समूह डीमा परेको रियल मड्रिडले क्रिष्टियानो रोनाल्डाको ह्याट्रिकको मदतमा हल्याण्डको लिग च्याम्पियन अयाक्सलाई ४–१ ले पराजित गरेको छ । ४२ औं मिनेटमा गोल गर्दै रियललाई सुरुवाति अग्रता दिलाएका रोनाल्डोले ७९ र ८१ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरे । अर्को खेलमा इङ्ग्लिस च्याम्पियन म्यानचेष्टर सिटीले जर्मन च्याम्पियन बुरोसिया डर्टमुण्डसँग १–१ गोलको बराबरी खेलेको छ । बुरोसिया डर्टमुण्डले खेलको ६२ औं मिनेटमा रियुसको गोलबाट अग्रतथा लिएपनि अन्तिम मिनेटमा पाएको पेनाल्टीमा मारियो बालोटेलीले म्यानचेष्टर सिटीका लागि बराबरी गोल गरेका थिए । २ खेलबाट ६ अंक जोडेको रियल मड्रिड समूहको शीर्ष स्थानमा छ भने बुरोसिया डर्टमुण्ड ४ अंकका साथ दोस्रो र सिटी २ अंकका साथ तेस्रो स्थानमा छ । अयाक्सले भने अंक जोड्न सकेको छैन ।
गएराति नै भएको समूह बीको खेलमा आर्सनलले ओलम्पिकासलाई ३–१ गोल अन्तरले पराजित गर्दा फ्रान्सेली च्याम्पियन मोन्टपिलियरले साल्केसँग २–२ गोलको बराबरी खेलेको छ । जितपछि २ खेलबाट ६ अंक जोडको आर्सनल समूह बीको शीर्ष स्थानमा छ । समूह सीमा परेको ७ पटकको विजेता इटालियन महारथी एसी मिलानले रुसको जेनिट सेन्ट पिटरसबर्गलाई ३–२ गोल अन्तरले पराजित गर्दा मालागोले एन्डरलेकलाई ३–० ले पाखा लगाएको छ । समूह एको खेलमा एफी पोर्टाले पेरिस सेन्ट जर्मेनलाई १–० गोल अन्तरले पराजित गरेको छ भने डाइनामो किभले डिनामो जाग्रेबमाथि २–० को जित हात पारेको छ ।
तपाईं के भन्नु हुन्छ ? कृपया प्रतिक्रिया लेख्दा सभ्य भाषामा लेख्नुहोला । कुनै समाचार या सन्देश भएमा अथवा लेख रचना प्रकाशन गर्नु परेमा bholathapa7@gmail.com