Responsive Ad Slot

latest

एमालेका २ कार्यकर्ता २ दिनदेखि बेपत्ता

Wednesday, October 3

/ by Unknown


नुवाकोट, असोज १७ - नुवाकोटको देउराली गाविस वडा नं. ८ का नेकपा एमालेका दुई जना कार्यकर्ता तीन दिनदेखि वेपत्ता भएका छन् ।
वेपत्ता हुनेमा देनेकपा एमाले देउरालीका अध्यक्ष धनम् तामाङ र ३ नं. क्षेत्रीय कमिटि सदस्य गणेश तामाङ रहेका एमालेले जनाएको छ ।
सोमवार दिउसो नेकपा माओवादीका कार्यकर्ताहरुसंग विवाद भएको पछि उहाँहरु सम्पर्कमा नआएको भन्दै एमालेले दुवैलाई नेकपा–माओवादीका कार्यकर्ताले वेपत्ता बनाएको आरोप लगाएको छ ।
देउराली अंग्रेजी बोर्डिङ स्कूलले कल्लेरी सामुदायिक वनको जग्गा अतिmक्रमण गरेर विद्यालय भवन निर्माण गरेको विषयमा तामाङद्वयले वन कार्यालयमा उजुरी गर्नुभएको थियो ।

बोर्डिङका सञ्चालक मध्येका पारस तामाङ र नरेन्द्र तामाङको निर्देशनमा उनीहरुलाई वेपत्ता बनाइएको एमाले नुवाकोटले जनाएको छ । पारस बैद्य माओवादीका जिल्ला सदस्य हुनुहुन्छ भने नरेन्द्र गाउ कमिटि सदस्य हुनुहुनछ ।

देउराली पुगेर घटनाको वस्तुस्थिति हेर्दा नवगठित माओवादीले वेपत्ता बनाएको हुनसक्ने एमाले नुवाकोटका अध्यक्ष नारायण्रसाद खतिवडाले दाबी गर्नु भएको छ ।

धनम् र गणेशलाई वन समितिको छलफल छ भनेर साता जनाको समूहमा आएका मानिसले घरबाट लगेका थिए । दिउसो छलफलको क्रममा उनहिरुलाई कुटपिट समेत भएको  परिवारले जनाएको छ ।

घरमा बोलाउन प्रदीप तामाङ, अरुण तामाङ, लक्ष्मण तामाङ, नविन तामाङ, सुरेन्द्र तामाङ, नेता तामाङ र बीरबल तामाङ गएको र उनीहरुले नै बेपत्ता बनाएको परिवारको दावी छ ।

धन्मका पिता शेल्कर र गणेशका हजुरबा रामबहादुरले देउराली प्रहरी चौकी खोजीको निवेदन दर्ता गराउनु भएको छ ।

छोराहरु नेकपा–माओवादीकै कञ्जामा रहेको र उनीहरुको शकुशल मुक्त गराउनका लागि परिवारले सम्वन्धित सबैसंग अपिल गर्नुभएको छ ।
Don't Miss
© all rights reserved
made with by netKUTI