विश्व पशुपंक्षि दिवस
विश्व पशुपंक्षि दिवस ‘पशुपंक्षि प्रकृतिका अनमोल सम्पत्ति, यिनको विकास र सदुपयोगमा मानवको उन्नती’ भन्ने नाराका साथ मनाइँदै छ । दिवसको अवसरमा नेपालमा पनि विभिन्न कार्यक्रम हुँदैछन् ।
पशुपंक्षि अधिकार, नकारात्मक व्यवहार कम गर्न र अमानवीय व्यबहार रोक्ने खालका प्लेकार्ड सहित पशुपंक्षि विज्ञ तथा पशुपंक्षिसंग सम्बन्धित संघ संस्थाले काठमाडौंको त्रिपुरेश्वरबाट प्रभातभेरी निकालेका छन् । प्रभातफेरी थापाथली, ललितपुरको कुपण्डोल हुदै हरिहर भवन पुगेर टुंगिने केन्द्रिय पशु उत्पादन निर्देशनालयका प्रमुख दिनेश पराजुलीले बताउनुभयो ।
निर्देशनालयले दिवसका अवसरमा मंगलबारदेखि विभिन्न कार्यक्रम गरिरहेको छ । पशुपंक्षी मरेपछि जतासुकै अव्यवस्थित रुपमा नफाल्न, गरिने अमानवीय व्यवहार रोक्न भन्दै सन् १९३१ देखि यो दिवस मनाउन सुरु भएको हो । नेपालमा भने पाँच वर्ष अघि देखि मात्रै यो दिवस मनाउने गरिएको छ ।
तपाईं के भन्नु हुन्छ ? कृपया प्रतिक्रिया लेख्दा सभ्य भाषामा लेख्नुहोला । कुनै समाचार या सन्देश भएमा अथवा लेख रचना प्रकाशन गर्नु परेमा bholathapa7@gmail.com