Responsive Ad Slot

latest

मृत्यु भएको ४ वर्षपछि शर्मा भ्रष्टाचारी ठहर के-के जफत हुने भयो ?

Wednesday, October 3

/ by Unknown


१७ असोज, काठमाडौं । विशेष अदालतले निधन भएको ४ वर्षपछि पूर्वमन्त्री रविन्द्रनाथ शर्मालाई भ्रष्टाचारी ठहर गरेको छ ।
अदालतका अध्यक्ष न्यायाधीश गौरीबहादुर कार्की तथा सदस्यद्वय ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको इजलासले शर्माले २ करोड २७ लाख ७६ हजार ७ सय २४ रुपैयाँ १९ पैसा भ्रष्टाचार गरेको ठहर गरेको हो ।
शर्माले पदको दुरुपयोग गरी ४ करोड ९५ लाख ५४ हजार ७ सय ८ रुपैयाँ ५७ पैसा गैरकानुनी सम्पत्ति आर्जन गरेको दावीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्धा दायर गरेको थियो । विशेष अदालतले घर, जग्गा, गाडी, शेयर, बैंक ब्यालेन्स लगायत गरी ३ करोड ७२ लाख ८९ हजार २ सय १६ रुपैयाँ ८८ पैसा बराबरको सम्पत्ति देखिन आएको र सो मध्ये १ करोड ४५ लाख १२ हजार ७ सय ९२ रुपैयाँ ६९ पैसा बराबरको सम्पत्ति मात्र वैध आय भएको अदालतको ठहरछ ।
थापाको मृत्यु भइसकेकाले कैद तथा जरिवाना नहुने फैसलामा उल्लेख छ । राप्रपाका नेता शर्माको ६५ सालमै निधन भइसकेको छ ।
के-के जफत हुने भयो ?
अदालतको फैसला अनुसार शर्माको नाममा विभिन्न बैंक तथा फाइनान्समा रहेको शेयर, सवारी, छोराको नाममा रहेको शवारी, नाती शरदको नाममा राखिएको घर लगायत जफत हुने भएको छ ।
जफत हुने विभिन्न बैंक र फाइनान्स कम्पनीको शेयर
एभरेष्ट बैंको शेयरः                                            रु १६,००,०००।
सरोज शर्माको नामको एस फाइनान्सको निक्षेपः         रु ५,००,०००।
सिद्धार्थ बैंक लिमिटेडको शेयरः                               रु ९१,९५,५००।
कृषि विकास वैंकको निक्षेपः                                  रु ५००।
नविल वैंक खातामा निक्षेपः                                  रु २,०८,०००।
तारागाउँको शेयरः                                                रु १,६१,०००।
नविल वैंक भैरहवा मौज्दात रकमः                      रु. ७,०००।
सिद्धार्थ बैंकमा रहेको निक्षेपः                               रु. १,६१,४५८।१३
शिक्षा तथा शहरी विकास वैंकको शेयरः               रु. ९८,५००।
जम्माः रु. १,१९,३१,९५८।१३
सवारी साधनः
तत्कालीन वा १ च ९३६८ नंवरको टोयोटा कार कायम मूल्यः    रु १,९०,०००।
पजेरो जीप  नं. ८९०४:                                                           रु. १०,१३,०००।
सरोज शर्मा नामको वा ३ च २५६३ नं. को निशान पिकअप:    रु. १२,२३,०००।
जम्माः रु. २४,२६,०००।
घर
काठमाडौं -बुढानीलकण्ठ) बिष्णु गाविस २ कि नं. ६१६, ६२३, ३७७, ३७८,३७९ को सरोज शर्माबाट छोरा शरदकुमार ज्ञवालीको नाममा गएको जग्गा रोपनी २ २ २ १ मा बनेको पक्की घर:  रु. ४५,००,०००।
अरुणा ज्ञवालीको नामको बानेश्वरको किनं. २११ को ० ३ १ २ किनं. २६ को ० १२ २ २ गरी २०५६।६।५ मा खरिद भएको जग्गा र सो मा भएको पाल्ही छापाखाना मध्येबाट जफत गर्ने  ः          रु. १८,६४,४१६।२८
जम्माः रु. ६३,६४,४१६।२८
जग्गा जमीन
नवलपरासी रत्ननगरको किनं. १७ को ० २ १२ र किनं. ५२७ को ० २ ४ ५ को जग्गाः  रु. ३०,७००।
सरोज शर्माको नामको नवलपरासी रामनगर ८ ख कि.नं. ४,८१ को जग्गाः               रु. १३,६०,०००।
नवलपरासी किनं. १५ र १६ जग्गाः                                                                रु. १,५०,०००।
जम्माः रु.१५,४०,७००।
माथि उल्खेलित सबै जफथबाट जम्मा २ करोड २२ लाख ६३ हजार ७४ रूपैयाँ ४१ पैसा हुन्छ । जफत गर्न नपुग विगो ५ लाख १३ हजार ३सय ४९ रूपैयाँ ७८ पैसा  बराबरको सम्पत्ति  शर्माको स्रोत खुलेको अन्य सम्पत्तिबाट असूल उपर गर्न पनि अदालतले भनेको छ ।
Don't Miss
© all rights reserved
made with by netKUTI