मोरङ्ग, असोज १७ - प्रधानमन्त्री डाक्टर बावुराम भट्टराईले शिक्षण सस्थामा बढ्दो राजनीतिप्रति चिन्ता व्यक्त गर्नुभएको छ ।
मोरङ्गको सुन्दरपुरमा पुर्वाञ्चल बिश्वबिद्यालयको छैटौ दिक्षान्त समारोहमा प्रधानमन्त्री भट्टराईले विश्वविद्यालयमा चाहिने भन्दा बढि राजनीतिले प्रबेश पाएको बताउनुभयो ।
बिश्वबिद्यालयमा स–साना माग राखेर प्राध्यापक तथा कर्मचारीले तालबन्दी गर्ने गरेको उल्लेख गर्दे उहाले यस्तो कदम तत्काल रोक्न आग्रह गर्नुभयो ।
छैटौ दिक्षान्त समारोहमा ६ हजार ६ सय ३६ जनालाइ दिक्षित गरिएको थियो ।
कार्यक्रममका प्रमुख अतिथी सस्कृतीबिद् सत्यमोहन जोशीले शिक्षा नितीमा सांस्कृतीक पहिचानलाई पनि जोड दिनु पर्ने बताउनुभयो ।
यसैबीच एमाले निकट युवा बिद्यार्थीले प्रधानमन्त्री भट्टराइलाई सुनसरीको इटहरीमा कालो झण्डा देखाएर नाराबाजी गरेका थिए ।