तनहुँ, १७ असोज । तनहुँका किसानहरु यति वेला हिउँदे तरकारी लगाउने तयारी गरी रहेका छन् । तरकारी लगाउनका लागी जग्गामा मल जल खनजोत गर्नुका साथे ब्याड निमार्ण गरेको वताईएको छ ।जिल्लामा वर्षे हिउँदे तथा वेमौसमी तरकारीहरु व्यावसायिक रुपमा गर्नकिसानहरुको आर्कषण वढदो रहेको जिल्ला कृर्षि विकास कार्यलय तनहुँलेजनाएको छ । गत आर्थिक वर्ष मात्रै जिल्लामा २८ हजार १ सय २३ मेट्रिक टन तरकारी उत्पादनभएको वताईएको छ ।तनहुँका कलेस्ती, गुणादी, जामुने, व्यास नगरपालिका लगायत अन्य गाउँ विकाससमितिका बासिन्दाहरु व्यावसायिक तरकारी खेती तर्फ आकर्षित हुन थालेका हुन् । सडकको सुविधा र बजारको पहुँच पुगेपछि तरकारीखेतीबाट आयआर्जन गर्नसकिने भएकाले तरकारी खेतीतर्फ किसानको आकर्षण बढेको रहेको जिल्लाकृर्षि विकास कार्यलय तनहुँका वागवानी अधिकृत डोलकृष्ष्ण सुवेदीले जानकारीदिनु भयो । गत वर्ष मात्रै जिल्लमा उत्पादन भएको जम्मा उत्दपादनको ६० प्रतिशत तरकारीजिल्ला वाहीर खपत भएको कार्यलयको तथ्याङ्गकमा उल्लेख रहेको छ ।जिल्लााका किसानले ब्यक्तिगत तथा जिल्ला कृषि विकास कार्यालय तनहुँ र विभिन्न गैरसरकारी संघ संस्थाको सहयोगमा समूह गठन गरीे गोलभेँडा, घिराँैला, काँक्रो, करेला, सिमी, साग, बोडी, बन्दा, काउली लगायत तरकारी खेती गर्दै आएका छन् ।त्यसै गरी उनिहरुले यतिवेला काउली वन्दा मुला सिमी ,प्याज आलु लसुन ,व्रोकाउली लगायतका तरकारीहरुको ब्याडको तयारी गरिरहेका हुन् ।
हिउँदे तरकारी लगाउने तयारी

तपाईं के भन्नु हुन्छ ? कृपया प्रतिक्रिया लेख्दा सभ्य भाषामा लेख्नुहोला । कुनै समाचार या सन्देश भएमा अथवा लेख रचना प्रकाशन गर्नु परेमा bholathapa7@gmail.com