Responsive Ad Slot

latest

कतारको तारेहोटलमा लोक दोहोरीको घम्साघम्सी (फोटो फिचर सहित) I

Sunday, September 30

/ by Admin BHOLA THAPA
भोला थापा क्षेत्री ÷गणेश बानिया
दोहा–कतार,
घर छोडेर हिडियो हतारमा ।
भेट भईयो यो दोहा कतारमा...... छिनको छिनैमा ...भेट भो मायाँ के भनि बोलाउने पहिलो दिनैमा ...यो गीत मार्फत पहिलो चरणमा रहेका समुह चितवन युवा समाजका लिडर प्रेम परियारले  प्रवासी मगर संघ संग गाएर खुल्ला नेपाली लोक गीत प्रतियोगिता २०१२ छनोट चरणको कार्यक्रमको घम्साघम्सी सुरु गरेका थिए । जब उनले तारे होटलमा यो लोक भाकामा गीत गाएका थिए दर्शकले पक्कै पनि नेपालमा कुनै कार्यक्रममा भएको आफ्नै लोक पारखी भाकाहरुको याद गरेका थिए । तमू (गुरुङ) समाज कतारको संरक्षकत्वमा स्थापित तमू सांस्कृतिक परिवार कतारको आयोजनामा सम्सरा थकाली भान्छा घरका प्रवन्ध निर्देशक हरि पुन तथा प्रकाश गुरुङ्गको व्यवस्थापनमा  खुल्ला नेपाली लोक दोहोरी गीत प्रतियोगिता २०१२ को छनौट कार्यक्रमहरु शुरु भएको छ । गत सेप्टेम्बर २८ शुक्रवारका दिन दोहा स्थित गल्फ होराईजन होटलको सभा हलमा पहिलो छनौटमा बाँकि रहेका ४ टिम र  दोस्रो चरण छनोटका कार्यक्रमहरु संचालन भएका थिए ।

तमू समाज कतारका अध्यक्ष तथा नेपाली लोक दोहोरी गीत प्रतियोगिता २०१२ का संयोजक बिमल गुरुङले संचालन गरेका उक्त कार्यक्रमा अतिथि नायिका सोभिता सिम्खडा, व्यवसायी निराजन भण्डारी ,नेपाल पत्रकार महासंघ शाखा कतारका सचिव दिपक पुडासैनी , तमु समाजका प्रमुख सल्लाहकार बुधबल गुरुङ तथा नेपालबाट आउनु भएका सन्चारकर्मी नरेश भटराई, नायक गोविन्द शाहि, गायक सुदिप शाहि लगायत कतारमा विभिन्न संघ सस्थाका प्रतिनिधीहरुको आतिथ्यता रहेको थियो ।
उक्त दोहोरी कार्यक्रममा निर्णायक मण्डलमा संयोजकमा गायिका देविका केसी गुरुङ, , रविन शेरेचन र सन्तोष गुरुङ, रहेका थिए भने  पर्यवेक्षकमा कमलमणि गुराँगाई, राजेश दर्शन अर्याल र विनेश तामा¨, रहेका थिए । बिष्णु भट्टराई , इश्वर गान्धारी, श्याम थापा, बविन राई तथा अमर रोका “बिज्ञान”ले कार्यक्रम भरी वाद्यवादनमा साथ दिएका थिए ।
उक्त कार्यक्रममा निर्णायक मण्डलकी संयोजक देविका केसी गुरुङले कतारमा आफुले राम्रो कलाकारहरु भेटको र तपाईहरुको स्वरको नेपालमा धेरै खाँचो भएको बताएकी थिइन् । पहिलो चरणकोे छनोटलाई पारगरि दोस्रो चरणमा प्रवेश गर्नु हुने हुने सम्पूर्ण समुहहरुलाई शुभकामना दिदै छनोटमा चरणमा असफल हुने समुहहरुलाई पनि मन नदुखाउन र  कुनै कुरामा निरास नभई लोक दोहोरीलाई निरन्तरता दिन समेत आग्रह गरेकी थिईन ।
“संसार आफ्नै” नेपाली कथानाक चलचित्र को प्रदर्शनको लागि कतारमा आएका  संचारकर्मी  नरेश भट्टराईले कतारमा आएर लोक दोहोरीको घम्साघाम्सी माहोल देख्दा निकै खुसी लागेको र नेपालीले जित्ने दिनहरु सुरुभएको बताए ।  नेपाली कला र संस्कृतिलाई निरन्तरता दिन आग्रह गर्दै २०१२ को दोहोरी कतारवाट सुरु भएर संसारभरि घुमोस् भन्दै उक्त कार्यक्रमलाई आफुले पनि प्रचार पसार गर्नै बताए । आयोजक टिमलगायत सम्पुर्णलाई धन्यवाद  दिदै “संसार आफ्नै” चलचित्रलाई  यहि अक्टुवर ५ शुक्रवारका दिन दोहाको गल्फ सिनेमा हलमा आई हेरिदिन समेत आग्रह गरेका थिए ।



आयोजकका अनुसार विभिन्न चरणहरुबाट छनौट गरी अन्तिमको ग्राण्ड फिनाले कार्यक्रम मुस्लिम धर्मावलम्बीहरुको महान पर्व ईल अल अधाको पहिलो दिन हुनेछ । सोहि दिन उत्कृष्ट लोक दोहोरी समुह कतारको घोषणा गरिने छ । यस प्रतियोगितामा प्रथम हुनेलाई कतारी रियाल २ हजार ५ सय र ट्रफि, द्वितीय हुनेलाई कतारी रियाल १ हजार ५ सय र ट्रफि, तृतीय हुनेलाई कतारी रियाल १ हजार र ट्रफि र चौथो हुने समुहलाई आर्कषक सान्त्वना पुरस्कारको समेत व्यवस्था गरिएको जनाईएको छ ।

कतारमा खुल्ला नृत्य प्रतियोगिता, गैर आवासिय नेपाली तारा प्रथम र द्वित्तीय जस्ता कार्यक्रमहरु सफलतापूर्वक सम्पन्न गरिसकेको यस सांस्कृतिक समूहले अहिले आयोजना गर्न गईरहेको यो कार्यक्रमले कतारवासी लोक दोहोरीका पारखीहरुलाई भरपुर मनोरन्जन दिनेमा विश्वस्त रहेको सहभागिहरु बताउछन ।
Don't Miss
© all rights reserved
made with by netKUTI